लुदस,
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ७ मा भएको चुनावि सभामा एमाले प्रवेश गरेका धर्मराज भट्टराई माओवादि केन्द्रको साधारण सदस्य समेत नरहेको बताईएकोछ। विभिन्न मिडियामा आएको समाचारको खण्डन गर्दैँ माओवादि केन्द्र कपिलवस्तुले जिल्लामा भट्टराईको पार्टी सदस्य समेत नरहेको बताएको छ ।
माओवादी पार्टिमा संघिय संरचना अनुसार जिल्ला समन्वय समिति रहेको सचिवालय नै नरहेको हुँदा सचिवालय सदस्य त हुने कुरै भएन उनी पार्टि समर्थक त हुन सक्ने तर पार्टिको सदस्य समेत नरहेको र कुनै जिम्मेवारीमा समेत नरहेको माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सचिब सरोज खानालले बताएका छन् ।
उनले संचारकर्मी समक्ष धर्मले धर्म छाडेर माओवादी केन्द्रको सदस्य हुँ भन्दै हिड्नु गलत भएको बताएका छन् । उनि यस अगाडी पनी एमाले निकट नै व्यक्ति भएको र प्रचारका लागि त्यसो गरेको हुन सक्ने बताईएको छ ।




















