ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बिष्णु गिरीका ५८ बहुचर्चित कामः मतदाता भन्छन्, ‘वडा नं. ७ मा दुई तिहाई बहुमत’

Lumbini Darpan 2 २०७९ बैशाख २४, शनिबार १५:२६
[sharethis-inline-buttons]

कपिलवस्तु, बैशाख
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदमा बिष्णु गिरीलाई पार्टीले टिकट दिएसंगै मतदाता उत्साहित भएका छन् । २०७४ सालको स्थानीय तहमा वाणगंगा नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा निर्वाचित भई आफनो कार्यकालमा उत्कृष्ट काम गर्नुभएका गिरीलाई पार्टीले टिकट दिएसंगै वडावासी खुसी भएका छन् । युवा र प्रखर बक्ताको रुपमा पहिचान बनाउन सफल भएका वडाध्यक्ष गिरीको कार्यकाल उत्कृष्ट भएको थियो ।

गत स्थानीय निर्वाचन पश्चात लगातार ५ बर्षमै विकास निर्माणको काममा नगरमै उत्कृष्ट वडा बनाउन सफल वडाध्यक्ष गिरीले यसपालि पनि जित्ने वडावासीले बताएका छन् । युवा, पर्खर वक्ताको रुपमा परिचित गिरी अरुले भन्दा नयाँ खालका कार्य गर्दै उत्कृष्ट वडाध्यक्षको रुपमा चिनिनुहुन्छ । आफ्नै सहोदर दाजु नेत्र गिरीसंग प्रतिस्पर्धामा रहेका बिष्णुलाई मतदाताले फेरी पनि दुई तिहाई मत दिएर
जिताउने बताईरहेका छन् ।

वडाध्यक्ष पदका उम्मेद्वार गिरीले व्यक्तिगत चरित्रहत्या गरि आफुलाई निर्वाचनमा हराउने उद्देश्यले विभिन्न अफवाहको पछी नलाग्न सम्पुर्ण मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

 

विष्णु गिरीका बहुचर्चित ५८ काम :

सडक तथा भौतिक पुर्वाधार विकास तर्फका काम
१) मोतीपुरको वग्नहवा, थारु गाँउ, फुलबारी, देउराली, बजारटोल, गन्सहवा जाने बाटो
विस्तार र कालोपत्रे गरिएको ।
२) मोतीपुरडाँडा, धैरेनीडांडा र मन्दिर टोलको बाटो विस्तार र कालोपत्रे गरिएको ।
३)बनगाईको जरुवा, शान्तिटोल रिङ्गरोड, कोइलीबनगाई पश्चिम बोरिङ्ग देखि
प्रगति चोक जोड्ने बाटो कालोपत्रे गरिएको ।
४) बनगाई मूढेबाबाथान देखि उत्तर धनेश्पुर जोड्ने, दक्षिन टोल कजवे पुल, पूर्व धनेश्पुर
जाने र पानी टंकीको अधुरो बाटो तत्काल कालोपत्रे गर्न योजनामा बजेट पारिेएको ।
५) बनगाई–मोतीपुर हुदै कपिलधाम जाने सडक निर्माणको लागि वडाको पहलमा नगरस्तरिय योजनामा पारी दुवै तर्फ नाली सहित १३ मिटरको बाटो निर्माणको काम अगाडी बढाइएको ।
६)मोतीपुरको बाणीगाउँ, भुईपुरा, नयाँ गाउ, पश्चिम बाटो, बनगाईको थारु गाउँ, नेपाल
टेलिकम टावर छेऊ र भित्रीबाटो, ओम होटल उत्तर र पश्चिम बाटो, कोइली बनगाई
दक्षिण टोल, प्रगति चोक पूर्व, चौंरी गाउँ, साकिन्धारे टोल लगायतको बाटो विस्तार र
ग्राभेल गरिएको ।
७) मोतीपुरमा जेष्ठ नागरिक भवन निर्माण गरिएको ।
८) मोतीपुर डाँडामा सामूदायिक भवन निर्माण गरिएको ।
९) घेरवाबनगाई शान्तिसिर्जना युवा नेपाल क्लव भवन माथि ट्रस निर्मााण गरिएको ।
१०) सिंचाइको लागि मोतीपुरको गन्सहवा, नयााँ गाऊ पश्चिम, मोतीपुरडांडा पश्चिम, दुर्गा
मन्दिर पश्चिम, शाकिन्दारे टोल, कोइली बनगाई पश्चिमको स्थानमानहर ÷कुलो
निर्माण गरिएको ।
११) खारखानीमा सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गरिएको ।
१२) मोतीपुर, मोतीपुरडांडा र कोइली बनगाई शान्तिटोलमा पक्कि प्रतिक्षालय निर्माण
गरिएको ।
१३) विभिन्न ठाउँमा कल्भर्ड निर्माण तथा ह्युम्पाइप हरु जडान गरिएको ।
स्वास्थ्य तथा पोषण तर्फ गरिएका कामहरु
१४) आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण गरिएको ।
१५) कर्मचारीहरुको व्यवस्था मिलाई वडातह बाटै जनतालाई स्वास्थ्य सेवामापहुंच पुर्याइएको ।
१६) महिला स्वास्थ्य स्वयंम् सेविका र स्वास्थ्यकर्मीलाई जनताको घरदैलोमा स्वास्थ्य सेवाको
पहुंच पुर्याउन सवारी साधान स्वरुप साइकल उपलब्ध गराइएको ।
१७) सुत्केरी महिला तथा नवजात शिशुहरुको स्वास्थ्य सुधारका लागिपोषण स्वरुप
(घ्यु, मह ,भाले, अण्डा) व्यवस्था गरिएको ।
१८) विभिन्न रोगका विरामीको माग बमोजिम निःशूल्क विशषेज्ञ स्वास्थ्यशिविरहरु सञ्चालन गरिएको ।
१९) आँखाको मोतियाविन्दुका १ सय २ जनाविरामीहरुको निःशुल्क अपरेशन गरिएको ।
२०) कोरोना भाइरस नियन्त्रणको लागि वडा भित्र क्वारेन्टाइन निर्माण गरी स्वास्थ्य सेवा
उपलब्ध गराइएको । हाल सबै वडावासीलाई कोरानाविरुद्धको खोप लगाइएको ।
२१) विश्व महामारी कोभिडको लकडाउनका समयमा पनि जनताका घर दैलोमा पुगी राहत
वितरण गरिएको ।
२२) मोतीपुरको फुलबारीमा खोप केन्द्र भवन निर्माण गरिएको ।

शिक्षा तर्फ गरिएका कामहरु
२३) विद्यालय भवन निर्माण, फर्निचर, कार्यालय व्यवस्थापन, रंगरोगन लगायत भौतिक
व्यवस्थापनमा सहयोग पुर्याइएको ।
२४)जनज्योती मा.विको भवन निर्माण सम्पन्न भएको, नवदुर्गा आ.वि. मोतीपुरडांडाको
चार कोठे भवन र फर्निचर निर्मार्णाधिन रहेको ।
२५) मोतीपुरमा कृषि प्राविधिक क्याम्पसको लागि छुट्टै भवन संरचना निर्माण कार्य थालनी
गरिएको ।
२६) शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयहरुलाई कम्प्युटर, ल्यापटप, प्रोजेक्टर
उपलब्ध गराइएको ।
२७) बालबालिकाहरुलाई पठनपाठनमा टेवा पुर्याउन विभिन्न शैक्षिक सामग्रीह प्रदान
गरिएको ।
२८) वडाभित्रका सवै सामूदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु (१४५५ जना) लाई
जाडोमा न्यानो स्विटर वितरण गरिएको ।
२९) न्यून पारिश्रमिकमा शिक्षा प्रदान गर्नु हुने बालविकास केन्द्रका शिक्षकहरुलाई हौसला तथा सम्मान स्वरुप साइकल उपलब्ध गराइएको ।

खानेपानी तथा सरसफाई तर्फ गरिएका कामहरु
३०)वडावासीलाई १ घर–१ खानेपानीको धारो पुर्याउन नया“ खानेपानी आयोजनाको प्रक्रिया
अगाडी बढाईएको । हाल १ करोड ३५ लाखको टेण्डर भइ ९१ लाखमा टेण्डर सदर भएको
३१)ओभरहेड टंकी निर्माणको लागिमोतीपुरको वन्द्रहवा (मित्रपथ छेऊ) जग्गाछनोट
गरिएको । तत्काल १वटा बोरिंग, पाइपलाईन विस्तार,गोेदाम घर निर्माण र कम्पाउण्ड
घेर्नेकामको लागि टेण्डर सम्झौता गरिएको ।
३२) ४ लाख ५० हजार लिटर अर्थात ४५० घनमिटरको २ वटा ओभरहेड टंकी निर्माण गरी
मोतीपुर, मोतीपुरडांडा, धेरेनीडांडाडा, बनगाई थारु गाऊ, फरवार र कोइलीबनगाईको
प्रत्येक घरमा खानेपानीको धारा पुर्याउन डिपिआर तयार गरी प्रक्रिया अगाडी बढाइएको ।
३३) वडाभित्रका सवै टोल विकास संस्थाहरुलाई परिचालन गरी जनसहभागितामा सरसफाई
अभियान सञ्चान गरी आएको ।
३४)बनगाई चप्परगाऊ खानेपानी योजनालाई उपभोक्ता समितिबाट सञ्चालन गर्न
नसकिएको भनी खानेपानी संस्थानलाई हस्तानतरण गर्न खोजिएको प्रायसलाई रोकेर
नयाँ समिति निर्माणगरि नयाँ व्यवस्थापनका साथ संचालनमा ल्याइएको ।

विद्युत तर्फ गरिएका कामहरु
३५) मोतीपुर, मोतीपुरडांडा, नयाँ गाउँ र कोइली बनगाई गरी ४ स्थानमा विद्युत टान्सफर्मर जडान गरिएको साथै क्षमता बढाइएको ।
३६) वडाका विभिन्न स्थानमा थ्रि फेज लाईन थप गरेको र विद्युतको सेवा विस्तार गरिएको ।
३७) २५१ घर परिवारलाई निःशूल्क विद्युत मिटर उपलब्ध गराइएको ।
३८) निकट भविष्यमा वडालाई लोडसेडिङ्ग मुक्त वडा बनाउने पक्रिया अगाडी बढाइएको ।

उत्कृष्ट जन लक्षित कार्यहरु 
३९) कोइली बनगाई, घेरवा बनगाई, धैरेनीडांडा, र मोतीपुरडांडाका करिब ३५० घर
परिवारका ४५० कित्ता (३४ विघा) र जनचेतना आधारभूत विद्यालयले उपभोग गरेको
जग्गा समेत उच्च अदालतबाट फैसला गराइ मेरो पैतृक सम्पती हो भनि जमिनदार दाबी
गर्न आएकोले उतm जग्गा संरक्षण गर्न सर्वाेच्च अदालतमा गई मुद्दादायर गरी वडाको
अभिभावकको रुपमा वडाध्यक्ष विष्णु गिरी लडिरहेको ।
४०)वर्षौ देखि वडावासी जनताले जोतभोग गर्दै आएको कांचो जग्गाको लालपुर्जा दिन वडा
भित्रका ३५ घर भूमिहिन दलित, ३६५ घर भूमिहिन सुकुम्बासी र ६३५ अव्यवस्थित
वसोबासीहरु पहिचान गरी फारम भरी फोटो खिचाई विवरण कम्प्युटर इन्ट्रि समेत
गरिएको र सवैलाई निवेदन दर्ता निश्सा समेत दिइएको ।
४१) धैरेनीडांडा र कोइलीबनगाई पश्चिम कोइली नदी कटान नियन्त्रणको लागि तटबन्ध
गरी बाटो समेत विस्तार गरिएको ।
४२) चौरी गाऊँपूर्व र लक्ष्मणघाट शब दहन स्थलको बाणगंगा नदीकटान नियन्त्रण गर्न
आरसिसि वाल निर्माण गरिएको ।
४३) अति विपन्न गरिव १० घर दलित परिवारलाई २ कोठे पक्कि घर र ट्वाइलेट सहितको
आवास निर्माण गरिएको ।
४४) वडा भित्र फुसको छाना हटाऔ, कर्कट पाता लगाऔँ अभियान सञ्चालन गरिएको ।
जस अन्तरगत हाल सम्म ५२ घरलाई छानो छाउन निःशूल्क टिन दिइएको ।
४५) असहाय, अति विपन्न , अशतm र जोखिम् एबम् विपत्मा परेका ४५ घरधुरीलाई नगद रु ५ देखि २० हजार सम्म वडाको पहलमा राहत उपलब्ध गराइएको ।
४६) सिलाइ कटाइ तालिम प्राप्त गरेका तथा व्यवसाय सञ्चालन गरेका ४५ जना
महिलाहरुलाई आयआर्जनमा टेवा पुर्याइ आत्मनिर्भर गराउन १–१ थानसिलाइ मेसिन
उपलब्ध गराइएको ।
४७) ३०० वढी जेष्ठ नागरिक आमाबुवाहरुलाई पोषण, जाडोबाट संरक्षण गर्न न्यानो सल र
ज्याकेट प्रदान गरि सम्मान गरिएको ।
४८) फुटवल, भलिवल र क्रिकेट खेलाडी १२० जनायुवाहरुलाई खेल समाग्री सहित ड्रेस
वितरण गरिएको साथै मैत्रीपूर्ण खेलकुद प्रतियोगिता संचालन गरि पुरस्कृत गरी हौसला
बढाइएको ।
४९) संस्कृति संरक्षण सम्वद्र्धन गर्न र आयआर्जनमा टेवा पुर्याउनका लागि दलित समूदाय–
परियार सेवा समाज) लाई निःशूल्कपञ्चे बाजा सेट उपलब्ध गराइएको ।
५०) वडा भित्रकाआरन व्यवसायीहरुलाई पेसा संरक्षण र आयआर्जनमा वृद्धि गरी आत्म
निर्भर गराउन ग्रेण्डर मेसिन सहित विभिन्न औजारहरु वितरण गरिएको ।
५१) फरक क्षमता भएका (आपाङ्ग) १५ जनालाई आयआर्जनमा टेवा पुर्याउन १–१ वटा
ब्याउने बाख्रा वितरण गरिएको साथै जाडोबाट संरक्षण गर्न २० जनालाई व्लाङ्केट
वितरण गरिएको ।
५२) कृषिपशु व्यवसाय अन्तरगत भैसी पालन, बाख्रापालन, बंगुर पालन, तरकारी खेती
गर्ने किसानलाई क्रमशः १५ र २० हजारका दरले गोठ सुधारमा प्रोत्साहन अनुदान
दिइएको ।

मनोरम वातावरण तर्फ
५३) प्रगती सामुदायिक वनको खारखानीमा व्यवस्थित पिकनिक स्र्पोट, पार्क, आर्कषक
पोखरी, आकाशे पुल, मन्दिर, सुन्दर वातावरण आदि निर्माणको लागि डिपिआर सहित
पक्रिया अगाडी बढाइएको ।
५४) वडाका विभिन्न स्थानमा फलामको रंगिन छाता प्रतिक्षालयहरु निर्माण गरिएको ।
५५)वडाभित्र पुरातात्विक महत्व झल्काउने धरहरा निर्माण गरिएको ।
५६) भान्सा नै औषाधालय बनाउन १८०० घरधुरीलाई १ घर १ कागतीको विरुवा दिइएको ।
५७) आफ्नो घर आँगन सफा राख्ने, सिगार्ने र फुलहरु लगाइ सजाउने ९१ जना
महिलाहरुलाई फुलका विरुवा सहित गमलाहरु दिइ सम्मान गरिएको ।
५८) वडालाई सुन्दर, रमाणिय र विकसित बनाउने हाम्रो अभियान, ७ नं. वडा बाणगंगा
नगर कै सान, भन्ने आर्दर्श वाक्य तय गरी सोही अनुसार काम गर्न ११ वटा सुचकहरु
बनाई लागु गरिएको । घर आगन सफा राख्न पर्ने, फुलबारी करेसाबारी
अनिवार्य बनाउने, बाटोमा बस्तु भाउ बाध्न नपाउने, टोल वा वडाको सरसफाई
अभियानमा अनिवार्य सहभागिता जनाउन पर्ने ।


प्रकाशित : २०७९ बैशाख २४, शनिबार १५:२६

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech