लुदस,
कपिलवस्तु नगरपालिका ९ का साझा गिलास चिन्ह का उम्मेद्वारहरु घरदैलो उत्साह बढ्को छ । आईतवार वडाका सवैजसो वस्तीमा साझा उमेद्वार सहितको स्वतह स्फुर्तरुपमा निस्किएका वडावासीहरुको र्यालीमा वाक्लो उपस्थिति थियो ।
र्यालीमा उपस्थित मतदाता , वडाबासीको उपस्थिति अन्य दलहरुको भन्दा व्यापक भएपछी दर्शक , वडावासीहरु समेत उत्साहित भएका थिए ।

वडाभर र्याली गरेको स्वतन्त्र समुहले विभिन्न ठाउँमा कोषसभा समेत संम्पन्न गरेका थिए । कोषसभामा बोल्दै वडा नं ९ का स्वतन्त्र समुहका वडाध्यक्ष नारायण प्रसाद पौडेलले संम्बोधन गर्दै वडाबासीको अमुल्य मतको आवश्यकता रहेको भन्दै , यहाँबाट झुटको खेती गर्ने दलका नाममा जनता ठग्ने , जल , जंगल, जमिन कब्जा गरि अकुत कमाएर पैसाको बलमा राजनितिक गरि दारु र मासु बाडेर मतदाता हत्याउने गिरोहहरु सक्रिय भएको हुदाँ त्यसबाट होसियार हुन आग्रह समेत गरेका थिए ।
यस्ता भष्ट्राचारीहरुले भोलीका दिनमा वडालाई भष्ट्राचारको अखडा बनाउने हुदाँ बेलैमा सजक हुन र गिलास चिन्हमा मतदान गरि साझा अभियानमा जोडिन आग्रह समेत गरेका थिए । सोहि अवसरमा बोल्दै अखिल नेपाल किसान संघका केन्द्रिय उपाध्यक्ष एवं सुकुम्बासी आयोगका अध्यक्ष शिव पौडेलले कतिपय दलहरुले सुकुम्बासीलाई लालपुर्जा दिने सम्मका झुटा भाषण र नारा लगाउदै गाउँ डुल्ने गरेको बताउदै अधिकार नै नभएकाले गलत प्रचार गर्दै हिड्नेहरुसँग सचेत रहन र पुर्जा कानुनी प्रकृया पुर्याएर दिने अधिकार आफुहरुसँ.ग मात्र भएको बताएका थिए ।
दलहरु सधै झुक्याउन र चुनावका बेला कार्यक्रर्ता खोज्न मात्र आउछन् । यी स्वतन्त्र युवाहरु गाउँघरमा सधै साथमा रहन्छन् उनले भने स्थानिय निर्वाचन हो मन बदलेर माया गर्छौ ।
स्वतन्त्र गिलास समुहलाई जनस्तरबाट राम्रो साथ र उत्साह हौसला समेत मिलेको बताईएको छ ।




















