ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पटनालाई छिट्टै विकासको मूल प्रवाहमा जोड्छौं : मेयरका उम्मेद्वार अर्याल

Lumbini Darpan 2 २०७९ बैशाख २६, सोमबार २०:३४
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, वैशाख २६
नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले बाणगंगाको पटना एवम् सिंगो वडा नं. १० लाई विकासको मूल प्रवाहमा छिट्टै जोडने बताउनु भएको छ । मेयरका प्रत्यासी अर्यालले पटनालाई विकासको मूल प्रवाहमा जोडर्दै समृद्ध नगर निर्माण गर्ने दायित्व आफुहरुले पुरा गर्ने दावी गर्नु भयो । अर्यालले नगरको विकासका निम्ति उत्पादकत्व वृद्धिमा जोड दिदै नगर भित्र र अझ बढी पटनामा देखा परेको सुकुम्बासी समस्यालाई यथाशिर्घ समाधान गर्ने काम आफ्नो मुख्य प्राथमिकतामा रहेको दावी गर्नु भयो ।

अर्यालले सडक कालोपत्रे, पुल, पुलेसा, सिचाई, शिक्षा जस्ता समस्या पटनाम अहिले पनि ज्वलन्त रहेको चर्चा गर्दै समृद्ध नगर, सुखी नगरवासी बनाउने संकल्प पुरा गर्ने कार्यमा आफु अवरात्र जनताको साथमा रहने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरलाई सबै नगरबासीको पहिचान कायम गर्ने गरी कार्य संचालन गर्दै सक्षम स्थानिय सरकार मार्फत नगरलाई समृद्ध नगरको रुपमा विकास गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले नगरबासीको तिव्र विकासको चाहना, भावना, अनुरुप कार्य सम्पादन गर्दै आगामी ५ वर्षमा नगरले मेगा परियोजना संचालन गर्दै नगरको मुहार फेर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

अर्यालले नगरपालिकालाई स्वायत्त बनाउदै स्थानिय तहलाई जनताको घर आगनको भरोसाको केन्द्र बनाउने दावी गर्नु भयो । अर्यालले सबै जात जाती वर्ग समुदायको संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको चर्चा संस्कृतिको संरक्षण, प्रवर्धनमा जोड दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले नगरबासीको सुन्दर भविश्यका लागि एमालेका सूर्य ध्वजावाहक उम्मेद्वारर्लाई विजयी बनाउन आग्रह गर्नु भयो ।

मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरपालिकाको वडा नं. १० का बस्तीहरुको घरदैलौ अभियानका क्रममा स्थानियबासीका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले रोजगारी वृद्धिका लागि जल, जंगल र जमिनमा आधारित उद्योग स्थापनामा प्रोत्साहन गर्दै अनुदानको ब्यवस्था गर्ने, सिचाईको उचित प्रबन्ध गर्ने, कृषकलाई प्रोत्सान गर्ने, शिक्षाको गुणस्तर सुधार गर्ने, वार्डका अधुरा भौतिक पूर्वाधारका कार्यलाई तिव्रता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उपमेयरकी प्रत्यासी रिता थारुले महिला स्वस्थ्य स्वयमसेविकालाई उनीहरुको कार्य सम्पादनको आधारमा प्रोत्साहन गर्ने र महिला तथा बालबालिकालाई निशुल्क ओपिडी ब्यवस्था गर्ने बताउनु भयो ।

घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. १० का अध्यक्षका प्रत्यासी यम प्रसाद पोख्रेलले वडा भित्र मावि विद्यालय समेत नरहेको अवस्था रहेको चर्चा गर्दै आफुले पहिलो वर्षमै मावि तहको विद्यालय संचालनमा लागि प्रयत्न गर्ने, वडा भित्रका सडक निर्माण, सिचाई ब्यवस्थापन, खानेपानि समस्या भौतिक पूर्वाधारमा आफुले उचित ध्यान पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । वडा अध्यक्षका प्रत्यासी पोख्रेलले सडकका दुवै साइडमा सडक वत्ति जडान गर्ने, वडा भित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

संयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज एवम् संविधान सभा सदस्य बलराम अधिकारी, एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथी, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा वडा नं.१० का वडा सदस्य उम्मेद्वार रामशंकर थारु, रुपनारायण थारु, दानु घर्ती मगर, सर्मिला हरिजन, रामशंकर थारु, रुपनारायण थारु लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक,मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. १० को निर्वाचन परिचान कमिटीले जनाएको छ ।


प्रकाशित : २०७९ बैशाख २६, सोमबार २०:३४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech