लुदस, जितपुर
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चाका झबिलाल थापा र उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण बन्जाडे निर्वाचित भएका छन् ।
थापाले ८,३२४ मत प्राप्त गरी निकटतम प्रतिद्वन्दीले भन्दा ८०० मत बढी प्राप्त गरेर विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रेशम थापाले ७,५२४ मत गरेका थिए । त्यसैगरि वडा नं २ र ३ मा जनमोर्चाको प्यानल नै विजयी भएको हो ।




















