लुदअ कपिलवस्तु, ६ जेठ
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको मेयरमा पुनः केशव कुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेद्वार पिताम्बर खनाललाई पराजित गर्दै श्रेष्ठ पुनः दोस्रो कार्यकालका लागि बुद्धभूमिको मेयरमा निर्वाचित भएका हुन् । नगरको उपमेयरमा मिरा थारु पुनः निर्वाचित भएकी छिन् । थारु पनि दोस्रो कार्यकालका लागि बुद्धभूमिमा आउने भएकी हुन् ।
थारुले एमालेकी मञ्जु थारुलाई पराजित गरिन् । पहिलो निर्वाचनमा पनि मञ्जु मिरासंग पराजित भएकी थिइन् ।
कांग्रेस बुद्धभूमिले अधिकांश जनप्रतिनिधिलाई पुनः दोर्याएर उम्मेद्वार बनाएको थियो ।
यद्यपि बुद्धभूमिमा उम्मेद्वार छनौटमा आपत्ति जनाउँदै विरेन्द्र मिश्रा, नारायण खनाल, अनिल पौडेल जस्ता नेता कांग्रेस विपि तिर लागेका थिए । कांग्रेस विपिबाट उम्मेद्वारी दिएका यी नेताका उम्मेद्वार कसैले चुनाव जित्न सकेनन् ।
बुद्धभूमिका १० वडा मध्ये वडा नं। १० मा जसपाले चुनाव जितेको छ भने, वडा नं। ५, वडा नं। ७ मा, वडा नं। ३ मा एमालेले चुनाव जितेको छ । वडा नं। १, वडा नं। २, वडा नं। ९, वडा नं। ६, वडा नं। ८ मा कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन् ।




















