हरि आचार्य, कपिलवस्तु
बैशाख ३० गते शुक्रवारका दिन सम्पन्न स्थानीय तह निर्वाचनबाट युवा जनप्रतिनिधि चुनिएसंगै स्थानीय नागरिकमा उत्साहीत हुन थालेका छन् । युवा जनप्रतिनिधिहरुले आफ्ना समस्या समाधान गर्नेमा उनीहरु ढुक्क छन् ।
विश्वासका साथ अमुल्य भोट दिई विजयी गराएका नागरिक अब जनप्रतिनिधिहरुको काम हेर्न आतुर छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका ११ वटै वडामध्ये सबै भन्दा कान्छो वडा नं. ८ का वडाध्यक्ष बाबुराम अर्यालले सबैभन्दा धेरै मतान्तरले विजयी हुनुभएको छ । नेकपा एमालेको तर्फबाट उम्मेद्वार बन्नुभएका नगरकै कान्छो वडाध्यक्ष अर्याल करिव १ हजार मतान्तरले विजयी हुनुभएको हो ।
वडावासीसंगको सम्बन्ध र उनीहरुले गरेको यो विश्वासबाट वडाको विकासका लागि अर्यालको टिम आवश्यक छ भन्ने पुष्टि भएको छ ।
वडाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ खानुभएको छ भने पदभार ग्रहण पनि गर्नुभएको छ । बाणगंगाका नगर प्रमुख चक्रपाणि अर्यालले वडाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हा ।
उहाँले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।




















