हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमाले उम्मेदवार बनाएका ५ जना महिला र ३ जना दलित सदस्य गरि ८ जनाको प्यानलै विजयी भएको हो ।
महिला तर्फ केशरा गुरुङ, चन्द्रावती थारु, दानु घर्ती, शान्ता पाण्डे, शारदा परियारलाई पार्टीले सिफारीस गरेको थियो भने दलिततर्फबाट कृष्ण कुमार सुनार, दिल बहादुर सुनार, पिताम्बर बिक उम्मेद्वार रहनुभएको थियो । त्यस्तै कांग्रेसको सबै प्यानलमा २२ मत मात्रै आएको छ ।
यो संगै बाणगंगामा गत स्थानीय तहो निर्वाचनमा जस्तै अहिले पनि कार्यपालिकामा राम्रो बहुमत पुगेको छ ।




















