लुदअ, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तु जिल्ला अध्यक्ष डम्मर शर्माले जिल्लाका आम मतदातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष शर्माले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सहभागी भएर नेकपा (एमाले)को पक्षमा मतदान गर्ने मतदातालाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको हो ।
‘नेकपा (एमाले)का सूर्यध्वजाबाहक उम्मेद्वारलाई अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण जिल्लाबासी मतदाताहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ , ‘कपिलवस्तु जिल्लामा पार्टीका आधिकारीक उम्मेद्रहरुलाई सूर्य चिन्हमा मतदान गरी ३ पालिका प्रमुख, ४ पालिका उपप्रमुख, ३० वडाध्यक्षसहित १ सय १६ जना वडा सदस्य निर्वाचित गराउनुहुने मतदाताहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।’
अध्यक्ष शर्माले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ, ‘पार्टीलाई घेराबन्दी गरी चौतर्फी प्रहार गरिएको विषम परिस्थितीमा समेत निर्वाचनमा पार्टीको पक्षमा डटेर अवरात्र खट्नुहुने पार्टी नेता, कार्यकर्ता, सदस्य, समर्थक एवं शुभेच्छुकहरु प्रति विशेष आभार प्रटक गर्दछौं ।’
शर्माले निर्वाचनलाई भयरहित वातावरणमा स्वच्छ एवं निष्पक्ष ढंगले सम्पन्न गर्न अहम भूमिका खेल्नुहुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ । ‘राष्ट्रसेवक कर्मचारी, बुद्धिजीवी, नागरिक अगुवा, सञ्चारकर्मी, सुरक्षाकर्मीहरू लगायत सम्बद्ध सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ’ विज्ञप्तीमा उल्लेख छ ।
साथै अध्यक्ष शर्माले कपिलवस्तु जिल्लाका १० स्थानीय तह एवं ९६ वटै वडा, कार्यपालिका सदस्यमा विभिन्न दल तथा स्तन्त्रबाट निर्वाचित हुनुहुने सम्पूर्ण जनप्रतिनिधिहरुलाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको नेकपा (एमले) जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।




















