हरि आचार्य, कपिलवस्तु
स्थानीय तह निर्वाचन २०७९ मा वडा अध्यक्षमा निर्वाचित अनेरास्ववियु जिल्ला कमिटी पुर्वअध्यक्षद्वय गोबिन्द प्रसाद आचार्य (बिकास) र बाबुराम अर्याललाई अनेरास्ववियु जिल्ला कमिटी कपिलवस्तुले सम्मान गरेको छ । उक्त कार्यक्रम बुद्धभूमि २ गोरुसिङ्गेमा सम्पन्न भएको हो ।
आचार्य बुद्धभुमी नगरपालिका ३ मा दोस्रो कार्यकालको लागि निर्वाचित हुनु भएको हो भने अर्याल बाणगंगा ८ को वडा अध्यक्षमा निर्वावाचित हुनु भएको हो । अर्याल अहिले अनेरास्ववियु केन्द्रीय सदस्य कपिलवस्तु सह–इन्चार्ज हुनुहुन्छ भने आचार्य नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य तथा अनेरास्ववियु जिल्ला सह–इन्चार्ज हुनुहुन्छ ।

बैठकका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय कमिटी सचिव श्याम प्रजापति, विशिष्ठ अतिथि अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश सह–इन्चार्ज टुकलाल गैरे, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज लेखनाथ खनाल लगायतले नवनिर्वाचित वडाध्यक्षद्धयलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै अनेरास्ववियुले गर्वको महुशुस गरेको बताउनुभयो ।
बैठकका अतिथिहरु वडाध्यक्षद्धय आचार्य र अर्यालले सम्मानका लागि अनेरास्ववियु जिल्ला कमिटिलाई आभार व्यक्त गर्दै वडाध्यक्षमा निर्वाचित भएसंगै अनेरास्ववियुको गरिमालाई उचो बनाउने गरि जनताको सेवा गर्ने बताउनुभएको थियो ।
त्यस्तै बैठकका अध्यक्ष अनेरास्ववियुका जिल्ला अध्यक्ष दयाराम पौडेलले नवनिर्वाचित वडाध्यक्षद्धयलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सहित बैठकमा उपस्थित प्रमुख अतिथि, विशिष्ठ अतिथि लगायत सम्पुर्णलाई आभार व्यक्त गर्दै अनेरास्ववियु जिल्ला कमिटि तदारुकताका साथ लागिरहेको बताउनुभयो । अध्यक्ष पौडेलले प्रशिक्षण मुलक कार्यक्रमलाई तिब्रता दिंदै बाँकी रहेका पालिका कमिटिलाई पुर्ण दिई आउदै गरेका प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीलाई पहिलो बनाउन अनेरास्ववियु जिल्ला कमिटिले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अनेरास्ववियु केन्द्रिय सदस्यहरु इन्दिरा पौडेल, अजय चौधरी लगायतको आतिथ्यता, जिल्ला कमिटि उपाध्यक्ष अन्जित खनालको स्वागत तथा सचिव सन्दिप आचार्यको सञ्चालनमा सम्पन्न बैठकमा अनेरास्ववियु जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
तस्बिरहरु
























