लुदअ, कपिलबस्तु
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ वाणगंगा नगरकमिटि कपिलबस्तुले नवनिर्वाचित जनप्रतिनिधहरुलाई सम्मान स्वागत तथा सम्मान गरेको छ । महासंघले ४ नम्बर जीतपुरमा एक कार्यक्रमको आयोजना गरी वाणगंगा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुसँग बधाई तथा शुभकामना आदान–प्रदान गरेको हो ।
सो अवसरमा बोल्दै वाणगंगा नगरपालिकाका नवनिर्वाचित प्रमुख चक्रपाणी अर्यालले जनताको मतको उच्च सम्मान गर्दै जनहित र नगरको विकासका लागि सक्रिय रहने बताउँदै सहकार्यका लागि सबैलाई आग्रह गर्नुभयो ।

त्यसैगरी नवनिर्वाचित उपप्रमुख रीता चौधरीले नगरको विकाससँगै सामाजिक न्याय र सुशासनमा जोड दिने बताइन् । उनले आफूहरु नगरका जनताको सेवामा प्रतिवद्ध रहेको दावी गर्नुभयो ।
कार्यक्रममा प्रमुख, उपप्रमुख सहित वडा नं. २, ४, ७, ८, ९ र १० का वडाध्यक्षहरुको उपस्थिती रहेको थियो । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा र टिकाद्वारा सम्मान गरिएको थियो । कार्यक्रम स्वास्थ्यकर्मी महासंघ वाणगंगा नगरकमिटिका अध्यक्ष राजु सुनारीको अध्यक्षता र हिमलाल घिमिरेको सञ्चालनमा भएको थियो ।




















