हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ बाणगंगा नगर कमिटिको दोस्रो सम्मेलन सम्पन्न भएको छ । नगर कमिटि अध्यक्ष गंगा कुमारी भट्राईको अध्यक्षता, अनेम संघ केन्द्रिय सदस्य शारदा शर्मा प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थी, एमाले लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य झविलाल पोख्रेल, पार्टी जिल्ला सचिवलाय सदस्य, अनेमसंघ केन्द्रिय सदस्य तथा बाणगंगा नगरपालिकाका उप–प्रमुख रीता कुमारी चौधरी, प्रदेश कमिटि सदस्य प्रभा पौडेल, पार्टी बाणगंगा नगर कमिटि ईन्चार्ज शंकर पाण्डे, नगर कमिटि अध्यक्ष युवराज पोख्रेल, अनेमसंघ जिल्ला अध्यक्ष चेतना अधिकारी, सचिव धनु अधिकारी, उप सचिव मन्जु थारु, सुशिला दर्लामी लगायतको आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।
अनेमसंघ बाणगंगा नगर कमिटिको.दोस्रो सम्मेलनबाट गीता भुसालको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा तारावन्ती चौधरी, जुना पौडेल, सचिवमा शोभा आचार्य, सह–सचिवमा शुसिला घिमिरे, कोषाध्यक्षमा लक्ष्मी परियार रहनुभएको छ भने अन्य सदस्यहरुमा रहनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अनेम संघ केन्द्रिय सदस्य शारदा शर्माले पार्टीलाई मजबुत र बलियो बनाउनका लागि अनेमसंघको अहम भुमिका रहेको बताउदै नवनिर्वाचित कमिटिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा अनेमसंघ जिल्ला सचिव धनु अधिकारीले नवगठित नगर कमिटिलाई हार्दिक बधाई तथा ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गर्दै अनेमसंघ पार्टीको खम्बा बनेर उभिने बताउनुभयो ।




















