लुदअ, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टिद्धारा घोषणा गरिएको दोस्रो चरण आन्दोलन अन्तर्गत प्रदेशसभामा गरिने २२ बुद्दे ज्ञापन पत्रको जानकारी र सदस्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको क्षेत्र नम्बर १ (क) का अध्यक्ष रामु शर्मको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा केन्दिय सदस्य ध्रुब रायमाझी लगायतले बोल्दै पार्टिले गरेको आन्दोलन, संगठन निर्माणम, सक्रिय सदस्यता बितरण लगायतको बारेमा आफ्ना भनाइहरु राख्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा पार्टिका बिभागिय सदस्य सुर्य गुरुङ, राजेन्द्र बिक्रम शाह, लगायत १५ जनालाइ सक्रिय सदस्यता दिई अभियानको रुपमा सम्पुर्ण वाडमा बितरण गर्ने निर्णय गर्दै प्रदेश सभा क को महिला संगठनको अध्यक्ष रुकमरि चौधरीलाइ चयन गरेको छ ।




















