ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

किसानलाई डिजिटल कृषि प्रविधिमा जोड्दै कृषि विकास बैंक, डिजिटल मेसिन प्रदान

Lumbini Darpan 2 २०७९ श्रावण २६, बिहीबार १६:५४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कृषि विकास बैंक लिमिटेडले किसानलाई डिजिटल कृषि प्रविधिमा जोड्न लागेको छ । कृषि विकास बैंक लिमिटेडले कपिलवस्तुको बाणगंगा नगरपालिकालाई कृषि सम्बन्धी सम्पुर्ण जानकारी दिने डिजिटल मेसिन (किओस्क) प्रदान गरेको छ । स्थानीय स्तरमा रहेका कृषकहरुलाई कृषि सूचना प्रविधिमा पहुँच बढाई कृषि उत्पादन र कृषकको उत्पादकत्व बढाउन र डिजिटल कृषि सुचना तथा प्राविधिक परामर्श सेवा प्रवाह गराउन बाणगङ्गा नगरपालिका सँगको समन्वय र सहकार्यमा स्थानीय कृषकहरुलाई डिजिटल कृषि प्रविधिमा जोडदै उद्देश्यले उक्त डिजिटल मेसिन (किओस्क) प्रदान गरिएको हो । नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि कृषकहरुको जीवनस्तर उकास्ने खालको मेसिन प्रदान गर्नुका साथै सम्झौता पनि गरिएको छ ।

जियो कृषिका प्रबन्ध निर्देशक राजनमान बज्राचार्य र बाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

किसनालाई कृषि, पशुपालनको ज्ञान, मौसम र बजारको सुचना तथा जानकारी, रोग किराको पहिचान र समाधान सम्बन्धी जानकारी, प्राविधिक परामर्श तथा सहयोग र आवश्यक सुचनाहरुको प्रसार, स्थानीय स्तरमा ईन्टरनेट र स्मार्ट मोवाईलमा पहुंच नभएका कृषकहरुलाई डिजिटल कृषि, पशु सुचना तथा परामर्श सेवा केन्द्र (ई चौतारी) मार्फत सेवा दिने लगायत विभिन्न महत्वपुर्ण कार्यहरु सोहि मेसिनबाट प्रदान कृषकहरुलाई प्रदान गरिनेछ । त्यस्तै यस परियोजना अन्तर्गत कृषक खेतको प्रोफाईल र कृषकको उत्पादन योजनाको डिजिटल रेकर्ड राखी सोहि अनुरुप कृषकले दिन वा हप्तामा गर्नुपर्ने गतिविधि तालिकाको सुचना, मलखाद सम्बन्धी आवश्यक ज्ञान, खर्च लगानीको रेकर्ड लगायत अन्य थुप्रै सेवा सुविधाहरु यस किओस्क मेसिनबाट कृषकहरुले प्राप्त गर्न सक्ने जियो कृषि परियोजनाका कार्यक्रम संयोजक बिनोद विश्वकर्माले बताउनुभयो ।

सम्झौतामा आफ्नो पालिका भित्र सुचिकृत भएका कृषि फर्म, कृषक, कृषक समुहमा आवद्ध किसानहरुलाई जियो कृषि फार्म तथा कृषि विकास बैंक लि. कृषि ज्ञान केन्द्र मोवाईल एप सम्बन्धी अभिमुखीकरण प्रदान गर्ने, यस सुचना प्रणालीलाई व्यबस्थापन गर्न जिम्मेवार व्यक्ति फोकल पर्सन छनोट गर्ने, मेसीनलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सुचना सहायता कक्ष स्थापना गर्नुपर्ने जस्ता बाणगंगा नगरपालिकाले गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै डिजिटल कृषि सुचना प्रसारका लागि सम्पुर्ण प्राविधिक पक्षको जिम्मेवारी लिने, सम्बन्धित ठाउँको कृषि, मौसम, बजार तथा रोग किराको पहिचान सम्बन्धी जानकारी किसान, कर्मचारी, प्राविधिक वा सरोकारवालाको मोवाईल एप्स मार्फत प्रदान गर्ने, एप्स र मेसीन सम्बन्धि प्राविधिक जानकारी कर्मचारी प्राविधिकलाई प्रदान गर्ने, कृषिको विस्तार र सुचनाको प्रसारका लागि सरोकारवालासंग सम्नवय गर्ने जस्ता कार्य जियोकृषिले गर्नुपर्ने छ ।

यो सम्झौता आगामी २०८० साउन २५ गते सम्म एक बर्षको लागि गरिएको हो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, उप–प्रमुख रीता कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले आधुनिक कृषि प्रणाली तथा कृषकहरुलाई डिजिटल प्रविधिमा जोड्नका लागि यस परियोजनाले महत्वपुर्ण भुमिका खेल्ने बताउदै अधिकतम कृषकहरुले प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय रुपन्देहीका प्रमुख राजेश कुमार श्रीवास्तवले कृषि विकास बैंकले विगत देखिनै यस्ता विभिन्न कार्यक्रम गरिरहेको बताउदै कृषकहरुलाई प्रविधिमा जोड्नका लागि यो कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । उहाँले कृषकहरुलाई ऋण मात्र दिएर नहुने भन्दै उनीहरुका समस्या पहिचान गरि समाधान गर्ने, किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा ध्यान दिने, बजार मुल्यको जानकारी दिने, प्रविधिमा जोड्ने जस्ता बिषयमा ध्यान नदिएमा कृषि क्षेत्रमा गरिएको लगानी खेर जाने र कृषि क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो ।

कृषि विकास बैंक लिमिटेड जितपुर शाखा प्रमुख पुनाराम खासु, बाणगंगा नगरपालिका विभन्न शाखाका शाखा प्रमुख तथा कर्मचारी, जियो कृषि परियोजनामा कार्यरत कर्मचारी लगायतको उपस्थिती रहेको कार्यक्रम कृषि शाखा प्रमुख लेश बहादुर केसीको स्वागत तथा अधिकृत धनिराम आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ श्रावण २६, बिहीबार १६:५४

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech