एक नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपसहित उजुरी परेका क्रिकेट खेलाडी सन्दीप लामिछानेले आगामी साता नेपाल फर्केर आत्मसमर्पण गर्ने बताएका छन्। विवादमा परेर निलम्बित हुनुअघि उनी नेपाली राष्ट्रिय टोलीका कप्तान थिए।
उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै निर्दोष रहेको दाबी गरेका छन्।
नेपाल प्रहरीका प्रवक्ताले आरोपित व्यक्तिलाई नेपालको सीमा प्रवेश गरेपछि पक्राउ गरेर बयान लिने बताएका छन्।
काठमाण्डू प्रहरीका प्रवक्ता दिनेशराज मैनालीले प्रशासनमा आत्मसमर्पण गर्ने लामिछानेको घोषणालाई प्रहरीले सकारात्मक मानेको बताए।



















