रूपन्देही क्षेत्र नम्बर ५ मा एमालेका बासु घिमिरेले नै उम्मेदवारी दर्ता गराएका छन्। आइतबार साढे ३ बजे उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि उनलाई दिइएको टिकट खोसेर एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाएको थियो। यद्यपि, घिमिरेले कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
घिमिरेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पत्र अनुसार मनोनयन दर्ता गरेको घिमिरेका सहयोगी बिष्णु अर्यालले बताए। यता राष्ट्रिय सभाबाट राजीनामा दिएर मनोनयनका लागि निर्वाचन क्षेत्र जादै गरेका एमाले नेता खिमलाल भट्टराई निर्वाचन कार्यालय पुगिसकेका छैनन्।




















