हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीको बैठक महत्वपुर्ण निर्णयका साथ सम्पन्न भएको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वारहरुलाई भारी मतले विजयी गराउनका लागि सबै युवाहरु लागिपर्ने निर्णय समेत गरिएको छ । बाणगंगाका ११ वटै वडामा संगठनका वडा कमिटीलाई बैठक बसाल्न निर्देशन दिंई एक वुथ, सय युथको अभियानलाई सफल पार्ने निर्णय गरिएको राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटी अध्यक्ष कमल घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै पार्टीलाई आवश्यक परेको खण्डकमा जहाँ जतिबेला पनि युवाहरुको साथ र सहयोग गर्न पनि नगर कमिटी अध्यक्ष घिमिरेले नगर कमिटीका युवाहरुलाई निर्र्देशन दिनुभएको छ ।
बैठकका अतिथि राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष कमल क्षेत्रीले आसन्न निर्वाचन नजिकिएसंगै अब संगठनले सक्रियताका साथ काम गर्ने समय आएको बताउनुभएको छ । जिल्लाका सबै पालिका कमिटी अब तदारुकताका साथ लाग्न निर्देशन दिंदै जिल्ला कमिटीको साथ सदैव रहेको बताउनुभयो । उहाँले पार्टी र पार्टीका उम्मेद्वाहरुलाई आवश्यक परेको खण्डमा साथ र सहयोगका लागि तयारी अवस्थामा बस्न सबैलाई निर्देशन समेत दिनुभएको छ ।




















