लुदअ, कपिलवस्तु
कपिलवस्तु बाणगंगा ८ का सर्वासाधारहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेद्वार धुव्र रायमाझी सङ्ग अरु दलका नेताहरुले जस्तो नझुक्याउन अपिल गरेका छन । चुनाब प्रचार प्रसारमा रहेका रायमाझी सङ्ग वडा नम्बर ८ का उम्मेद्वारहरुले एमाले र गठबन्धनका उम्मेद्वारहरुले जस्तो नझुक्याउन आग्रह गरेका हुन ।
एमाले प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेद्वार बलराम अधिकारी र गठबन्धनका उम्मेद्वार चक्रपाणी खनाल बलदेवको वडा रहेको उक्त वडामा जनताले पहिला आफुहरुलाई तिनै नेताहरुले झुक्याएको भन्दै अब त्यस्तो नगर्न राप्रपाका उम्मेद्वारहरु सङ्ग अनुरोध गरेका हुन ।
त्यस्तै बाणगंगाको ७ र ८ वडामा घरदैलो तथा शुद्धोधनको लवनी चोकमा गरिएको केणसभामा बोल्र्दै राप्रपा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेद्वार धुव्र रायमाझीले आफुहरुले नहुने र नसक्ने वाचा कहिल्यै नगर्ने भएकाले ढुक्क भएर हालोमा भोट गर्न आग्रह गर्नुभएको छ । निर्वाचन जिते पछि गाउँमा फर्केर नआउने व्यावाहार राप्रपाका कुनै पनि उम्मेद्वारहरुमा नभएको भन्दै जिल्लाको बिकासको लगि आफुहरुलाई नै जिताउनु पर्ने दाबी गर्नुभएको छ ।




















