लुदअ, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वारहरुले बाणगंगा नगरपालिकाको पचेहरा, शुद्धोधनको लवनी, कपिलवस्तु नगरपालिकाका १० र ११ वडाहरुमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम गरेका छन । अन्य दलका उम्मेद्वारहरुले भन्दा फरक र प्रभावकारी योजना रहेको दाबी गर्दै मतदाताको घरदैलोमा पुगेका राप्रपा क्षेत्र नम्बर १ का उम्मेद्वारहरुले अहिलेको निर्वाचनमा कपिलवस्तुवासीले आफुहरुलई अत्याधिक मतले जिताउने दाबी गर्दछन ।
यसैबिच घरदैलो पछिको कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेद्वार धुव्र रायमाझीले जिल्लामा रहेका शिक्षा, स्वास्थ्य, बाटो, खानेपानि, छाडाचौपायाको समस्यालाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ । छाडा चौपायाका कारण सिङ्गो जिल्ला र कृषक ठुलो समस्यामा परेको भन्दै आफुले त्यो समस्यालाई सबैभन्दा पहिला हेर्ने बताउनु भएको छ । अरु दलका नेताले जस्तो पटक पटक आश्वासन दिएर झुटको खेती गर्न आफुले नजानेको बताउँदै आफुले सम्भव हुने र गर्न सक्ने खालका मात्र वाचा गर्ने बताउनु भएको छ । जनताको अमुल्य मतलाई आफुले कहिल्यै खेलौना जस्तो नगराउने उहँले बाचा समेत गर्नुभएको छ ।
त्यस्तै फरक प्रसङ्गमा रायमाझीले सबैभन्दा देशभक्ति दल राप्रपा नै भएकोले अहिले राप्रपा प्रति जनलहर लागेको बताउनु भएको थियो । केहि समय पहिले ठुला दल भनिने काङ्ग्रेस, माओवादी एमाले लगयातको बाहुल्यता भएका जिल्लाहरु पनि अहिले राप्रपामय भएको भन्दै अब देशै राप्रपामय बन्ने दाबी समेत गर्नुभएको छ ।




















