लुदअ, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले सांस्कृतिक, धार्मिक महत्व बोकेको इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व इद –उल अजाह (बकर इद) २०८० सालको अवसरमा एक प्रेस विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गर्नु भएको छ ।
जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी शुभकामना सन्देशमा विशेषगरी इस्लाम धर्मावलम्बीले मनाउने यस इद –उल अजाह (बकर इद) २०८० सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इस्लाम धमावलम्बी नेपाली दाजु भाई दिदी वहिनीहरु प्रति सु–स्वास्थ्य, दीर्घायूको एवम् समृद्धिको कामना गर्दछौं भनिएको छ ।
जारी शुभकामना सन्देशमा संस्कृतिका माध्यमबाट समाजलाई समुन्नत बनाउन इद –उल अजाह (बकर इद) ले राष्ट्रिय एकता, धार्मिक संहिष्णुता र सामाजिक एकतालाई बलियो बनाउनका निम्ति सबैमा प्रेरणा प्रदान गर्ने विश्वास ब्यक्त गर्दछौं जारी सन्देशमा भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग, कपिलवस्तुले जनाएको छ ।




















