ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एमालेलाई सुदृढ गर्दै सदस्यता विस्तारको अभियान चलाउन आवश्यक : ईन्चार्ज न्यौपाने

Lumbini Darpan 2 २०८१ श्रावण ३०, बुधबार ०६:२३
[sharethis-inline-buttons]

लुुदस, कपिलवस्तु
नेकपा एमाले कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले वाणगंगा नगर कमिटीको अधिवेशनको तयारी राम्रो भएको बताउँदै पार्टीलाई सुदृढ गर्दै सदस्यता विस्तारको अभियान चलाउनुपर्ने बताउनुभएको छ । उहाँले जनवर्गीय संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सदस्य न्यौपानेले विभिन्न शक्तिहरूले एमालेलाई कमजोर बनाउन खोजिरहेको बताउनुभयो । उहाँले नागरिकमा उत्पन्न निरासा हटाउन सकारात्मक सन्देश र उत्साहका लागी काङ्ग्रेस र एमाले सत्ता सहकार्यमा जुटेको बताउनुभयो । न्यौपानेले महंगी, भ्रष्टाचार र अनियमितता विरुद्ध कांग्रेससँगको सहकार्यलाई जारी राख्ने, तर अन्य मुद्धामा फरक मत कायम रहेको स्पष्ट पार्नुभयो ।

केन्द्रीय निर्वाचन आयोग सदस्य झबिलाल पोखरेलले हालको कमिटीलाई धन्यवाद दिँदै कपिलवस्तुमा एमालेको जीतलाई उल्लेखनीय ठहर गर्दै नगरमा पार्टी कार्यालय बनाउने कुरा राम्रो आएको छ । नगरभित्र पार्टीको नाममा जग्गा पनि छ, यो सम्भावना पनि छ, हाम्रो साथ रहने पोखरेलले बताउनुभयो । उहाँले काम र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने र पार्टीमा छलफल र अन्तरविमर्शलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रदेश कमिटी सदस्य डम्मर शर्माले अधिवेशनको तयारीलाई सराहनीय भन्दै पार्टीभित्र आन्तरिक शुद्धिकरण आवश्यक भएको बताउनुभयो । उहाँले अधिवेशनका सन्दर्भमा कतिपय नेतृत्वका नामहरू बाहिर आएपनि सर्बसम्मत हुने प्रयास हुनसक्छ तर अन्तिम निर्णय प्रतिनिधिले गर्ने अधिकारको पक्षमा रहेर छलफल गर्नुपर्नेमा जोड दिनुभयो । शर्मा सहित अन्य नेताहरूले पदको लागि हुने स्वाभाविक प्रतिस्पर्धालाई स्वस्थ बनाउनुपर्नेमा जोड दिएका छन्।

नेकपा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले नगर कमिटीको प्रभावकारी कामको प्रशंसा गर्दै नगर अधिवेशन सफलतापूर्वक सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले आन्तरिक अन्तरविरोध हटाउनुपर्ने, सरकारमा हुँदा पार्टीले गरेको राम्रो कामको प्रचार गर्नुपर्ने र विगतको समिति जस्तै राम्रो नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो ।

बैठकमा जिल्ला कमिटी सदस्य उमानाथ पौडेलले कार्यकर्तामा उत्पन्न वितृष्णा र गुटगत राजनीतिका कारण पार्टीमा समस्या उत्पन्न हुन सक्ने भन्दै नेताहरूले कार्यकर्ताको कुरा सुन्नुपर्ने र गुटबन्दी गर्न नहुनेमा जोड दिनुभयो । उहाँले नेताहरूले व्यक्ति बोक्ने काम गर्दा पार्टीमा समस्या आउने बताउँदै यस्तो प्रवृत्ति त्याग्नुपर्ने धारणा राख्नुभयो ।

नेकपा एमालेको वाणगंगा नगरकमिटीको नवौं पूर्ण बैठकमा विभिन्न नेताहरूले आन्तरिक शुद्धिकरण, गुटबन्दीको अन्त्य र सहमतिको प्रयासका विषयमा जोड दिएका थिए। बैठकले नेकपा एमालेको वाणगंगा नगरकमिटीलाई आन्तरिक रूपमा सुदृढिकरण गर्दै सक्षम नेतृत्व र कार्यकर्ताको भावना अनुसार काम गर्न महत्वपूर्ण सन्देश प्रवाह गरेको छ ।

नगर अध्यक्ष युवराज पोखरेलले राजनीतिक प्रतिवेदन, सचिव विष्णु गिरीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनहरु सर्वसम्मत पारित भएको छ । वैठकमा नगर उपाध्यक्ष मुक्त बहादुर कार्कीले स्वागत गर्दै नगरको पार्टी कार्यालय बनाउने अभियानलाई सवैले साथ दिनुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशनको तयारी तिब्र पारिएको छ । भदौ ७ गते सिद्धार्थ क्याम्पसमा हुन गईरहेको दोस्रो अधिवेशनको तयारी तिब्र बनाईएको हो । नेकपा एमाले) बाणगंगा नगर कमिटीको नवौं पुर्ण बैठकले विभिन्न महत्वपुर्ण निर्णय सहित तयारी अन्तिम चरणमा पुगेको नगर कमिटीका अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनुभयो ।

नवौं पुर्ण बैठकले भदौ १ गते ११ बजे ११ वटै वडामा अधिवेशनका प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय गरेको छ । अधिवेशनका लागि खुल्ला तर्फबाट २७ सय ६२ पार्टी सदस्य मध्ये २५ जना बराबर एक जनाका दरले प्रतिनधि छनौट गर्ने, १ सय २९ जना दलित सदस्य मध्ये १५ जना बराबर १ जना प्रतिनिधि छनौट गर्ने, छनौट हुने ३ जना प्रतिनिधि मध्ये १ जना महिला प्रतिनिधि अनिवार्य हुनुपर्ने, कुल प्रतिनिधि संख्याको १५ प्रतिशत युवा अनिवार्य प्रतिनिधि हुनुपर्ने र नगर कमिटीमा रहेका ८० जना आयोजक प्रतिनिधिको रुपमा रहने व्यवस्था भएको छ ।

अधिवेशनको उद्घाटन संघिय सरकारका भूमि, व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्ने तय भएको नगर कमिटी सचिव बिष्णु गिरीले जानकारी दिनुभएको छ ।

अधिवेशन सफलता पुर्वक सम्पन्न गर्नका लागि तयारी स्वरुप विभिन्न उप समितिका संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । प्रतिनिधि जाँचबुझ र व्यबस्थापन उप समितिको संयोजकमा नगर कमिटी सचिव बिष्णु गिरी, खाद्यान्न ब्यस्थापन उप समितिको संयोजकमा नगर कमिटी उपाध्यक्ष मुक्त बहादुर कार्की, मञ्च ब्यबस्थापन उप समितिको संयोजकमा कृष्ण बहादुर विक, स्टेशनरी तथा खादा ब्यबस्थापन उप समितिको संयोजकमा नगर कमिटी उप सचिव चेत नारायण भण्डारीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै आर्थिक ब्यबस्थापन उप समितिको संयोजकमा नगर कमिटी अध्यक्ष युवराज पोख्रेलको संयोजक रहने गरि सदस्यमा नगर कमिटीका पदाधिकारी रहने छन् ।

बैठकले अधिवेशनका लागि राजनैतिक प्रतिवेदनको जिम्मेवारी नगर कमिटी अध्यक्ष युवराज पोख्रेल, सांगठनिक प्रतिवेदन सचिव बिष्णु गिरी तथा आर्थिक प्रतिवेदन उप सचिव चेतनारायण भण्डारीलाई प्रदान गरिएको छ ।

नेकपा (एमाले) बाणगंगा नगर कमिटीका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता रहेको बैठकमा पार्टी जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल, निवर्तमान अध्यक्ष डम्मर शर्मा, पुर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल, एमाले नेता बिष्णु पन्थी, प्रदेश कमिटी सदस्य धनु अधिकारी, केन्द्रिय सल्लाहकार परिषद सदस्य कासिराम बेल्बासे लगायतको आतिथ्यता रहेको थियो ।

बैठकमा बाणगंगाका ११ वटै वडाका पार्टीका वडा ईन्चार्जहरु, ११ वटै वडाका वडा कमिटी अध्यक्षहरु उपस्थिती रहेको बैठक नगर कमिटी सचिव बिष्णु गिरीको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ श्रावण ३०, बुधबार ०६:२३

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

नेकपाले बनायो संविधान संशोधन कार्यदल

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा कांग्रेसको जिल्ला उपसभापति पदबाट राजीनामा

कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तु १ मा एमालेका उम्मेद्वार चौधरीलाई जिताउन युवाहरु सक्रिय

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech