मोहन बेल्वासे,जीतपुर
कुनै समय बाणगंगा नदीमा पानी कलकल बग्थ्यो । परैसम्म नदी बगेको आवाज सुनिन्थ्यिो । माछा र जलचर जीवको बासस्थान राम्रो थियो । नदी तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीयले माछा मारेरै जीविका चलाउँथे तर अचेल बाणगंगा नदिमा पानी वगेको नभई डोजर, टिप्परको आतंक हुन् थालेपछी स्थानीय निराश छन् ।
मुख्यगरि कपिलवस्तुका दुईवटा स्थानीय तहसँगै छिमेकी जिल्ला अर्घाखाँचीको शीतगंगा नगरपालिकाले पनि बाणगंगा नदीकै ढुंगागिट्टीमा आँखा गाडेपछि जथाभावी उत्खनन् बढेको छ । गतवर्षदेखि बाणगंगा नगरपालिका ले स्काभेटर प्रयोग गर्न अनुमती दिएसंगै नदि कुरुप बन्न थालेको र नदि सँगै स्थानीय र सामाजिक पारिस्थितिकिय प्रणाली विग्रदै गएको जानकारहरु बताउछन् ।
गतवर्ष बुटवल गोरुसिंगे गौरवको आयोजनालाई केन्द्रित गरेर स्काभेटरको प्रयोग बाणगंगा नगरपालिका अर्न्तरगतका सवै नाकामा लाग्यो । जनताले गौरवको आयोजना बन्ने भएपछी सहजै लिए तर जब आयोजनालाई नदिजन्य पदार्थ को जिम्मा लिएको लुम्बिनी क्रेशर संचालक बाबुराम अधिकारीका कर्तुत मिडिया मार्फत खुल्न थाले जनता जाग्रृप भए ।
यसवर्ष पनी ठेकेदार जनप्रतिनिधि र टोले अगुवा देखि झविन्द्र सम्मको मिलेमत्तोमा फेरी पवित्र बाणगंगा नदिको छातीमा डोजरको बज्रपात शुरु भएको छ । बाणगंगा नदिमा भएको अवैध उत्खनन् र अन्धधुन्ध दोहनका कारण श्रृङ्घाट, प्रगतिचारमौजा सिंचाई आयोजना, लक्ष्मणघाट पुल, बाणगंगा सिंचाई आयोजना जस्ता प्रमुख संरचना जोखिममा परेका छन् ।
सिँचाइका संरचनाहरू भत्किने अवस्थामा पुगेका छन्, जसले स्थानीय कृषि प्रणालीलाई तहसनहस पारिरहेको छ । उता, यस्तै प्रकारबाट अनियन्त्रित उत्खननकै कारण खानेपानीका स्रोतहरू सुक्न थालेका छन्, इनार र ट्युबेलहरूमा पानीको सतह घट्दो छ, र वातावरणीय सन्तुलन बिग्रँदै गएको छ। जैविक विविधतामा समेत संकट उत्पन्न हुने र भविष्यमा संकटको सामना गर्नुपर्ने अवस्था आउने भन्दै बाणगंगा गजेहडा खानेपानीका अध्यक्ष राजकुमार खाँणले चिन्ता व्यक्त गरे ।
अप्राकृतिकरुपमा भइरहेको उत्खनन्ले जस्तोसुकै जोखिम समेत नित्याउन सक्ने विज्ञहरुको भनाइ छ । नदीजन्य पदार्थको उत्खनन्मा ठेकेदार बलिया देखिएका छन् । कतिपय जनप्रतिनिधिकै शेयर रहेको छ । अन्य जनप्रतिनिधिहरु निरीह जस्तै बनेका छन् । जथाभावी भइरहेको उत्खनन् टुलुटुलु हेरेर बस्नु बाहेक अरु विकल्प छैन ।
बाणगंगा सिंचाई आयोजनाबाट १५०० एकड कृषि क्षेत्रमा सिंचाई हुने जनाईएको छ । त्यसैगरि प्रगति ४ मौजा सिचाईबाट १ हजार विगाह, श्रृङ्गिघाट सिंचाई आयोजना ३५ सय हेक्टर जमिन बाणगंगा नदीकै पानीले सिंचित हुने गरेको छ । नदीमा भइरहेको अप्राकृतिक उत्खनन्ले नदीको सतह गहिरिन पुग्दा सिंचाई आयोजनामा समेत असर पुगेको श्रृङ्गिघाट कुलापानी समितिका अध्यक्ष नकुल शाहीले बताए ।
राजश्व उठाउने नाममा प्राकृतिक स्रोत साधनको दोहन गर्न स्थानीय सरकारले नै अनुमति दिने गरेका छन् । अन्य पालिकामा श्रमिकद्धारा नदिजन्य पदार्थ उत्खनन् भएपनी बाणगंगामा स्काभेटरको प्रयोग डरलाग्दो छ । नदीभरि स्काभेटर चलेका छन् । बाणगंगा मधुवनधाम र बनकसिया नाका अनियन्त्रित छन् नत नियमन नै नाकामा अन्धधुन्ध स्काभेटर उत्खनन् भएको छ ।
स्काभेटरबाट नदिजन्य पदार्थ उत्खनन् गर्दा प्रयोग हुने टिप्पर तथा स्काभेटरको संख्या समेत एकिन गरिएको छ्रैन् । ठेकेदारले मन लागेको बखत सकेजती स्काभेटर र सवारी प्रयोग गरिरहेका छन् । पालिकाले आन्तरिक राजश्व संकलनको प्रमुख स्रोत नदीजन्य पदार्थलाई केन्द्रित गरेकै कारण केही वर्षयता बाणगंगा नदी जोखिममा परेको हो । “प्रशासन, जनप्रतिनिधि र ठेकेदार समूहबीचको मिलेमतोबिना यस्तो अवैध कार्य सम्भव छैन नहुने स्थानीयहरु बताउछन् ।
पहिला पानी इन्टेकमा सहजै चढ्थ्यो । नदीमा प्रशस्त पानी हुन्थ्यो । अचेल नदीमा धुलो उड्छ’– स्थानीय किसान रामकृष्ण चौधरीले भन्नुभयो– ‘मेसिनले उत्खनन् गर्दा नदीको पानी पनि भाग्न थाल्यो ।’ हरेक वर्ष सिंचाईको लागि पानीको दुःख बढ्दै गएको छ । कुलो खन्ने नाममा नदीजन्य पदार्थकै उत्खनन् गरिएको छ भने अन्य पालिकाले पनि नदीलाई नै दोहनको केन्द्र बनाएपछि समस्या बल्झिदै गएको हो । ‘दोहनले गर्दा बाणगंगा नदिअर्न्तरगत घेरवा बनगाई झण्डा मधौली जोडने कचवे भत्किएको वर्षौ हुदाँ वर्षायाममा नागरिकले सास्ती भोग्नु परेको छ । यसवर्ष पनी गतवर्ष भन्दा अझ भयावह स्थिति रहेको छ ।

नदीको सतह गहिरियो, पुल नदीको दुरी बढ्यो’– स्थानीय मधु ले भर्ने सिंचाई र तटबन्धमा प्रत्यक्ष असर परेको छ तर स्थानीय सरकार बिचौलियाको प्रभावमा पर्दा दोहन बढ्ेको बढ्यौ छ ।’
नदीलाई प्राकृतिकरुपमै बग्न दिनुपर्ने सुझाव संरक्षणकर्मीहरुको छ । पानीविज्ञ भास्कर चौधरीले नदीलाई प्राकृतिक वहावमै बग्न दिनुपर्ने, यसो नगर्दा विपत निम्तन सक्ने बताए । ‘नदीसँग अप्राकृतिक व्यवहार गर्यौं भने त्यसले पनि आफ्नो अप्राकृतिक रुप देखाउँछ’– उनले भने– ‘जथाभावी उत्खनन्ले नदीको प्राकृतिक पनमा ह्रास ल्याउँछ । नदीले धार परिवर्तन गर्यो भने विपतलाई निम्तो दिएको मानिन्छ ।’ जथाभावी उत्खनन्का कारण नदीक्षेत्रमा बनेका संरचना पक्की पुल, तटबन्ध, सिंचाई आयोजनालाई प्रत्यक्ष असर पार्ने देखिएको छ ।



















