ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

लुम्बिनी दर्पण २०८२ चैत्र २७, शुक्रबार १६:४८
[sharethis-inline-buttons]

मोहन बेल्वासे,जीतपुर

कुनै समय बाणगंगा नदीमा पानी कलकल बग्थ्यो । परैसम्म नदी बगेको आवाज सुनिन्थ्यिो । माछा र जलचर जीवको बासस्थान राम्रो थियो । नदी तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीयले माछा मारेरै जीविका चलाउँथे तर अचेल बाणगंगा नदिमा पानी वगेको नभई डोजर, टिप्परको आतंक हुन् थालेपछी स्थानीय निराश छन् ।
मुख्यगरि कपिलवस्तुका दुईवटा स्थानीय तहसँगै छिमेकी जिल्ला अर्घाखाँचीको शीतगंगा नगरपालिकाले पनि बाणगंगा नदीकै ढुंगागिट्टीमा आँखा गाडेपछि जथाभावी उत्खनन् बढेको छ । गतवर्षदेखि बाणगंगा नगरपालिका ले स्काभेटर प्रयोग गर्न अनुमती दिएसंगै नदि कुरुप बन्न थालेको र नदि सँगै स्थानीय र सामाजिक पारिस्थितिकिय प्रणाली विग्रदै गएको जानकारहरु बताउछन् ।

गतवर्ष बुटवल गोरुसिंगे गौरवको आयोजनालाई केन्द्रित गरेर स्काभेटरको प्रयोग बाणगंगा नगरपालिका अर्न्तरगतका सवै नाकामा लाग्यो । जनताले गौरवको आयोजना बन्ने भएपछी सहजै लिए तर जब आयोजनालाई नदिजन्य पदार्थ को जिम्मा लिएको लुम्बिनी क्रेशर संचालक बाबुराम अधिकारीका कर्तुत मिडिया मार्फत खुल्न थाले जनता जाग्रृप भए ।

यसवर्ष पनी ठेकेदार जनप्रतिनिधि र टोले अगुवा देखि झविन्द्र सम्मको मिलेमत्तोमा फेरी पवित्र बाणगंगा नदिको छातीमा डोजरको बज्रपात शुरु भएको छ । बाणगंगा नदिमा भएको अवैध उत्खनन् र अन्धधुन्ध दोहनका कारण श्रृङ्घाट, प्रगतिचारमौजा सिंचाई आयोजना, लक्ष्मणघाट पुल, बाणगंगा सिंचाई आयोजना जस्ता प्रमुख संरचना जोखिममा परेका छन् ।
सिँचाइका संरचनाहरू भत्किने अवस्थामा पुगेका छन्, जसले स्थानीय कृषि प्रणालीलाई तहसनहस पारिरहेको छ । उता, यस्तै प्रकारबाट अनियन्त्रित उत्खननकै कारण खानेपानीका स्रोतहरू सुक्न थालेका छन्, इनार र ट्युबेलहरूमा पानीको सतह घट्दो छ, र वातावरणीय सन्तुलन बिग्रँदै गएको छ। जैविक विविधतामा समेत संकट उत्पन्न हुने र भविष्यमा संकटको सामना गर्नुपर्ने अवस्था आउने भन्दै बाणगंगा गजेहडा खानेपानीका अध्यक्ष राजकुमार खाँणले चिन्ता व्यक्त गरे ।

अप्राकृतिकरुपमा भइरहेको उत्खनन्‌ले जस्तोसुकै जोखिम समेत नित्याउन सक्ने विज्ञहरुको भनाइ छ । नदीजन्य पदार्थको उत्खनन्‌मा ठेकेदार बलिया देखिएका छन् । कतिपय जनप्रतिनिधिकै शेयर रहेको छ । अन्य जनप्रतिनिधिहरु निरीह जस्तै बनेका छन् । जथाभावी भइरहेको उत्खनन् टुलुटुलु हेरेर बस्नु बाहेक अरु विकल्प छैन ।
बाणगंगा सिंचाई आयोजनाबाट १५०० एकड कृषि क्षेत्रमा सिंचाई हुने जनाईएको छ । त्यसैगरि प्रगति ४ मौजा सिचाईबाट १ हजार विगाह, श्रृङ्गिघाट सिंचाई आयोजना ३५ सय हेक्टर जमिन बाणगंगा नदीकै पानीले सिंचित हुने गरेको छ । नदीमा भइरहेको अप्राकृतिक उत्खनन्‌ले नदीको सतह गहिरिन पुग्दा सिंचाई आयोजनामा समेत असर पुगेको श्रृङ्गिघाट कुलापानी समितिका अध्यक्ष नकुल शाहीले बताए ।

राजश्व उठाउने नाममा प्राकृतिक स्रोत साधनको दोहन गर्न स्थानीय सरकारले नै अनुमति दिने गरेका छन् । अन्य पालिकामा श्रमिकद्धारा नदिजन्य पदार्थ उत्खनन् भएपनी बाणगंगामा स्काभेटरको प्रयोग डरलाग्दो छ । नदीभरि स्काभेटर चलेका छन् । बाणगंगा मधुवनधाम र बनकसिया नाका अनियन्त्रित छन् नत नियमन नै नाकामा अन्धधुन्ध स्काभेटर उत्खनन् भएको छ ।

स्काभेटरबाट नदिजन्य पदार्थ उत्खनन् गर्दा प्रयोग हुने टिप्पर तथा स्काभेटरको संख्या समेत एकिन गरिएको छ्रैन् । ठेकेदारले मन लागेको बखत सकेजती स्काभेटर र सवारी प्रयोग गरिरहेका छन् । पालिकाले आन्तरिक राजश्व संकलनको प्रमुख स्रोत नदीजन्य पदार्थलाई केन्द्रित गरेकै कारण केही वर्षयता बाणगंगा नदी जोखिममा परेको हो । “प्रशासन, जनप्रतिनिधि र ठेकेदार समूहबीचको मिलेमतोबिना यस्तो अवैध कार्य सम्भव छैन नहुने स्थानीयहरु बताउछन् ।
पहिला पानी इन्टेकमा सहजै चढ्थ्यो । नदीमा प्रशस्त पानी हुन्थ्यो । अचेल नदीमा धुलो उड्छ’– स्थानीय किसान रामकृष्ण चौधरीले भन्नुभयो– ‘मेसिनले उत्खनन् गर्दा नदीको पानी पनि भाग्न थाल्यो ।’ हरेक वर्ष सिंचाईको लागि पानीको दुःख बढ्दै गएको छ । कुलो खन्ने नाममा नदीजन्य पदार्थकै उत्खनन् गरिएको छ भने अन्य पालिकाले पनि नदीलाई नै दोहनको केन्द्र बनाएपछि समस्या बल्झिदै गएको हो । ‘दोहनले गर्दा बाणगंगा नदिअर्न्तरगत घेरवा बनगाई झण्डा मधौली जोडने कचवे भत्किएको वर्षौ हुदाँ वर्षायाममा नागरिकले सास्ती भोग्नु परेको छ । यसवर्ष पनी गतवर्ष भन्दा अझ भयावह स्थिति रहेको छ ।

नदीको सतह गहिरियो, पुल नदीको दुरी बढ्यो’– स्थानीय मधु ले भर्ने सिंचाई र तटबन्धमा प्रत्यक्ष असर परेको छ तर स्थानीय सरकार बिचौलियाको प्रभावमा पर्दा दोहन बढ्ेको बढ्यौ छ ।’
नदीलाई प्राकृतिकरुपमै बग्न दिनुपर्ने सुझाव संरक्षणकर्मीहरुको छ । पानीविज्ञ भास्कर चौधरीले नदीलाई प्राकृतिक वहावमै बग्न दिनुपर्ने, यसो नगर्दा विपत निम्तन सक्ने बताए । ‘नदीसँग अप्राकृतिक व्यवहार गर्‍यौं भने त्यसले पनि आफ्नो अप्राकृतिक रुप देखाउँछ’– उनले भने– ‘जथाभावी उत्खनन्‌ले नदीको प्राकृतिक पनमा ह्रास ल्याउँछ । नदीले धार परिवर्तन गर्‍यो भने विपतलाई निम्तो दिएको मानिन्छ ।’ जथाभावी उत्खनन्का कारण नदीक्षेत्रमा बनेका संरचना पक्की पुल, तटबन्ध, सिंचाई आयोजनालाई प्रत्यक्ष असर पार्ने देखिएको छ ।


प्रकाशित : २०८२ चैत्र २७, शुक्रबार १६:४८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech