ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

Lumbini Darpan 1 २०८३ बैशाख २२, मंगलवार ०८:२०
[sharethis-inline-buttons]

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाको दोस्रो दिन मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ। महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन्। उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि निर्वाचन हुन लागेको महासंघ निर्वाचन कमिटीले जानकारी गराएको छ।

महासंघको नयाँ कार्यकारिणी समितिको चुनावका लागि मुख्य दुई समूहबीच प्रतिस्पर्धा हुँदै छ। महासंघको आगामी नेतृत्वका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठ समर्थित एक समूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूह प्रतिस्पर्धामा छन्।

भावी अध्यक्ष श्रेष्ठको साथ भएको अर्को समूहले  वरिष्ठ उपाध्यक्ष अझै औपचारिक रूपमा घोषणा गरिसकेको छैन। श्रेष्ठको प्यानल भनेर सार्वजनिक भएको उक्त समूहले वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरेलाई उम्मेदवार बनाएको छ।

उनको प्यानलमा वस्तुगत महासंघतर्फका कार्यकारिणी सदस्य उम्मेदवारमा कृष्णप्रसाद अवला र विश्वनाथ खनाल छन्। यस्तै वस्तुगत संघतर्फका कार्यकारिणी सदस्य उम्मेदवारहरू पनि सो समूहले सार्वजनिक गरेको छ। उक्त समूहतर्फ एसोसिएट उपाध्यक्षका उम्मेदवार प्रबलजंग पाण्डे छन्। यो समूहबाट जिल्ला/नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा (सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देही) र दिलसुन्दर श्रेष्ठ (धुलिखेल उद्योग वाणिज्य संघ) ले उम्मेदवारी दर्ता गराएका छन्।

ढकालको प्यानलमा जिल्ला/नगर उद्योग, वाणिज्य समूहतर्फको उपाध्यक्षमा उमेश डालमिया (झापा उद्योग वाणिज्य संघ) र कल्पना गैरे (दार्चुला उद्योग वाणिज्य संघ) उमेदवार छन्। जिल्ला नगर समूहबाट दुईजना उपाध्यक्ष निर्वाचित हुन्छन्। निर्वाचनमा जिल्ला नगर समूहको सबैभन्दा ठूलो प्रभाव रहँदै आएको छ।

ढकाल प्यानलबाट वस्तुगततर्फको उम्मेदवार उपाध्यक्ष नरेशलाल श्रेष्ठ छन्। एसोसिएटतर्फ उपाध्यक्षमा उम्मेदवार ज्योत्सना श्रेष्ठ रहेकी छन्। वस्तुगत समूहलाई प्रतिनिधित्व हुने गरी नरेशलाल श्रेष्ठको प्यानलमा वस्तुगत महासंघतर्फको कार्यकारिणी सदस्य समेतका लागि उम्मेदवारी परिसकेको छ। ढकाल समूहको एसोसिएट उपाध्यक्ष उम्मेदवार ज्योत्सना श्रेष्ठ प्यानलको तर्फबाट पनि कार्यकारिणी सदस्यमा उम्मेदवारी परेको छ।

महासंघको नयाँ कार्यकारिणी समितिका लागि ७३ ओटा पदमा १३७ व्यवसायीले उम्मेदवारी दिएका छन्। आज बिहान ८ बजेदेखि साझ ४ बजे मतदान समय तोकिएको छ। कमलादीस्थित प्रज्ञा भवनमा मतदान सकिएसँगै मतगणना हुने जानकारी गराइएको छ।


प्रकाशित : २०८३ बैशाख २२, मंगलवार ०८:२०

Lumbini Darpan 1

लेखकबाट थप

  • कक्षा १२ को नतिजा सार्वजनिक
  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र
  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता
  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
  • प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

भर्खरै

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

  • प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech