ताजा अपडेट

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

लुम्बिनी दर्पण २०८३ कार्तिक २, आईतवार १४:०९
[sharethis-inline-buttons]

 

लुदस, कपिलवस्तु

कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि सक्रिय नेतृ अम्बिकादेवी शर्मा पौडेलद्वारा लिखित आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ एक कार्यक्रमका बीच विमोचन गरिएको छ। पुस्तकमा पौडेलको राजनीतिक जीवन, कम्युनिष्ट आन्दोलनमा गरेको योगदान, त्याग, संघर्ष र सामाजिक जिम्मेवारीका विभिन्न पाटालाई समेटिएको छ।

पुस्तक विमोचन कार्यक्रममा अखिल नेपाल किसान महासंघ (अफ्फा) का केन्द्रीय उपाध्यक्ष शिव पौडेल, वामपन्थी नेता ठाकुर खनाल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता माधव भाट क्षेत्री, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रामप्रसाद बेल्वासे, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार दधिराम आचार्य, अखिल नेपाल युवक संघका उपाध्यक्ष अभिशेक आचार्य तथा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खिमानन्द पौडेललगायतले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै अफ्फाका केन्द्रीय उपाध्यक्ष शिव पौडेलले अम्बिकादेवी पौडेल कम्युनिष्ट आन्दोलनकी जीवित इतिहासकार भएको बताउनुभयो। उहाँले पौडेलले आफ्नो राजनीतिक जीवनमा भोगेका संघर्ष, त्याग र अनुभवलाई आत्मकथामार्फत सार्वजनिक गर्नु नयाँ पुस्ताका लागि प्रेरणादायी हुने उल्लेख गर्नुभयो।

कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएकी पौडेलको जीवनयात्राले राजनीतिक प्रतिबद्धता, संघर्ष र जिम्मेवारीबोधको महत्व दर्शाउने उहाँको भनाइ थियो। आत्मकथाले विगतका राजनीतिक अनुभव र संघर्षलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई इतिहास बुझ्नसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

पुस्तकको मन्तव्यमा अम्बिकादेवी पौडेललाई बागलुङ जिल्लाको तत्कालीन दुर्गम क्षेत्र बोहोरागाउँमा जन्मिएर राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी संघर्षशील महिलाका रूपमा चित्रण गरिएको छ। उहाँ अखिल नेपाल महिला संघकी सक्रिय कार्यकर्ता रहनुभएको थियो। पछि बागलुङको बुर्तिबाङ क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) को संगठनात्मक अभियानमा सक्रिय रहँदै महिला कार्यकर्ताका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।

राजनीतिक गतिविधिसँगै पारिवारिक जिम्मेवारीसमेत निर्वाह गर्नुभएकी पौडेलले विधवा जीवनमा छोराको पालनपोषण गर्दै इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्नुभएको र राजनीतिक रूपमा पनि निरन्तर सक्रिय रहनुभएको उल्लेख छ। उहाँले पञ्चायतकालदेखि नै राजनीतिक कार्यक्रम, जनचेतनामूलक अभियान, बैठक, प्रशिक्षण तथा आन्दोलनमा सहभागिता जनाउनुभएको थियो। भारतको गोरखपुरनजिक कुशीनगरमा भएको १५ दिने पार्टी प्रशिक्षण शिविरमा समेत सहभागी हुनुभएको प्रसंग पुस्तकको मन्तव्यमा समेटिएको छ।

पुस्तकको भूमिकामा कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै आएका नेताहरूका संघर्ष र अनुभव नयाँ पुस्ताका लागि महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै त्यस्ता अनुभवलाई पुस्तकका रूपमा सुरक्षित राख्नु प्रशंसनीय कार्य भएको बताइएको छ।

कार्यक्रमको अध्यक्षता गर्नुभएकी लेखिका पौडेलले आफ्नो संघर्षपूर्ण जीवनयात्रालाई पुस्तकका रूपमा सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो। पुस्तक प्रकाशनका क्रममा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै उहाँले आफ्नो राजनीतिक जीवनका अनुभव र संघर्षलाई पाठकमाझ ल्याउने प्रयास गरेको बताउनुभयो।

आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ ले व्यक्तिगत जीवनका अनुभवसँगै कम्युनिष्ट आन्दोलनको इतिहास, महिला सहभागिता र राजनीतिक संघर्षका पक्षलाई उजागर गर्ने अपेक्षा गरिएको छ। पुस्तकले नयाँ पुस्तालाई विगतको राजनीतिक यात्राबाट सिक्न र सामाजिक परिवर्तनका लागि प्रतिबद्ध रहन प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।


प्रकाशित : २०८३ कार्तिक २, आईतवार १४:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

  • बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

  • पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech