कृष्णनगर, चैत्र ७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघको लाइब्रेरी कोरोना भाइरस सम्बंधि मुस्लिम समुदायको धर्मगुरुहरु लाई समाजमा सावधानी अपनाउन प्रयास गर्ने संदेश दिइयो। नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारुकी ले सबै मुस्लिम समुदायलाई भिडभाड ठांउमा नजान,सबै मिलेर सरकारको हरेक निर्णय लाई मानेर सावधानी अपनाउन आग्रह गरे। आफ्नो विचार राख्दै राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले हरेक धर्मका धर्म गुरुले विश्वमा महामारी को रूपमा फैलिएको कोरोना भाइरस लाई रोक्न समाजमा जनचेतना फैलाउनु पर्ने, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत धेरै अगाडि रहेका राष्ट्र हरू समेत उक्त महामारी रोक्न धेरै चुनौती को सामना गर्दै आएका भारत समेत प्रभावित रहेकाले नेपाल मा समेत सबै नेपाली लाई सावधानी अपनाउन आग्रह गरे । मदरसा बोर्ड प्रदेश नं ५ का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले नेपाल सरकारले दिएको निर्देशन लाई मुस्लिम समुदाय समेत अपनाई कोरोना भाइसको रोकथाम गर्न र सचेतना अपनाउन आग्रह गरे । इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले नेपाल सरकारको अभियान मा नै मुस्लिम समुदाय रहेको कुरा सराहनीय रहेको जिक्र गरे । समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठान ले राष्ट्रीय मदरसा संघले धर्म गुरु हरूलाई सचेतना फैलाउने कार्य प्रशंसनीय रहेको छ । कृष्णनगर नेकपा नगर अध्यक्ष जावेद आलम खान, मौलाना अब्दुल रसिद मदनी, शैख अब्दुल मन्नान सल्नी,मौलाना अब्दुल अजिम मदनी, मौलाना अकिल अहमद नइनी, दिनेश गुप्ता, अब्दुल अजिज रहे ।
नेपाल सरकारले दिएको निर्देशन सबै ले पाल्ना गरौं : मौलाना मसहूद कपिलवस्तु,
प्रकाशित : २०७६ चैत्र ७, शुक्रबार १२:०८
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech