काठमाडौं । सर्वोच्च अदालतले गरेको अन्तिम फैसला कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आलटाल गरेको भन्दै फैसला कार्यान्वयन निर्देशनालयले चेतावनी दिएको छ।
निर्देशनालयले अदालतको फैसला कार्यान्वयनमा ढिलाइ नगर्न मन्त्रालयलाई आग्रह गर्दै अटेर गरे अदालतको अवहेलनामा कारबाही अघि बढाउन सकिने जनाएको छ।
अदालतको अन्तिम फैसला कार्यान्वयन गर्नु सम्बन्धित निकायको कानुनी दायित्व भए पनि मन्त्रालयबाट त्यसतर्फ आवश्यक पहल नभएको निर्देशनालयको भनाइ छ। निर्देशनालयले फैसला कार्यान्वयनको प्रगति र त्यसमा देखिएका समस्याबारे समेत जानकारी गराउन मन्त्रालयलाई भनेको छ।




















