
लुदअ बैशाख १७, काठमाडौं
दुई दिनदेखि मृतकको संख्यामा कमि आएको अमेरिकामा कारोना भाइरसका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। आइतबार र सोमबार करिब १३ सयको हाराहारीमा ज्यान गुमाएको अमेरिकामा मंगलबार भने करिब २५ सयले ज्यान गुमाएका छन्। अमेरिकामा मंगलबार मात्रै २४ सय ५६ जनाको मृत्यु भएको वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांकमा छ। त्यस्तै अमेरिकामा एकै दिन २५ हजार ९८ संक्रमित थपिएका छन्। त्यहाँ संक्रमतिको संख्या १० लाख ३५ हजार ४ सय ५४ रहेको छ। अमेरिकापछि इटालीमा धेरैले ज्यान गुमाएका छन्। इटालीमा २७ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ भने २ लाख १ हजार पाँच सय पाँच संक्रमित छन्। त्यस्तै स्पेनमा २ लाख ३२ हजार १ सय २८ संक्रमित रहेका छन्। त्यहाँ २३ हजार ८ सय २२ जनाको मृत्यु भइसेको छ। फ्रान्समा २३ हजार ६ सय ६० जनाको ज्यान गइसेको छ भने एक लाख ६५ हजार ९ सय ११ बिरामी छन्।
बेलायतमा एक लाख ६१ हजार १ सय ४५ जनामा संक्रमण भेटिएको छ भने २१ हजार ६ सय ७८ जनाले ज्यान गुमाइसकेका छन्। जर्मनीमा एक लाख ५९ हजार बिरामी रहेका छन्। त्यहाँ ६ हजार २ सय १४ जना बिरामी छन्। त्यस्तै टर्कीमा पनि १ लाख १४ हजार संक्रमित रहेका छन्। टर्कीमा २ हजार ९ सय ९२ जनाको मृत्यु भइसकेको छ। रुसमा तीव्ररुपमा फैलिएको यो भाइरका कारण एकै दिन ७३ जनाले ज्यान गुमाउँदा ९३ हजार ५ सय ५८ संक्रमित छन्। त्यहाँ ८ सय ६७ जनाले ज्यान गुमाएका छन्।
इरानमा ५ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ। त्यहाँ ९२ हजार ५ सय ८४ संक्रमित छन्। नेपालको छिमेकी देश चीनमा मृत्यु शुन्यमा झरेको छ। चीनमा ६ जनामा संक्रमण देखिएको छ। त्यहाँ हालसम्म ८२ हजार ८ सय ३६ जनामा संक्रमण देखिएकोमा ७७ हजार पाँच सय ५५ जना निको भइसकेका छन्। भारतमा ३१ हजार संक्रमित हुँदा त्यहाँ मृत्यु हुनेको संख्या १ हजार नाघेको छ। त्यहाँ एक हजार ८ जनाको ज्यान गइरहेको छ। कोरोनाका कारण विश्वभर अहिलेसम्म ३१ लाख ३६ हजार २ सय ३२ जनामा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या २ लाख १७ हजार ७ सय ९९ रहेको छ। विश्वभर ९ लाख ५३ हजार २ सय ४५ जना निको भएर घर फर्किएका छन्।

