शिव खनाल कपिलवस्तु, जेठ २
राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका केन्द्रिय निवर्तमान अध्यक्ष, बहुचर्चित लोक तथा दोहारी गायक तथा सर्जक बद्रि पंगेनीले भारतीय विस्तारवाद विरुद्धको देशभक्ति मनछुने गीत बजारमा ल्याएका छन् ।
उनले गाउने गीतहरु केवल माया पिरतीका मात्र स्वर हुदैनन, कहिले जन्मदिने आमा प्रति, कहिले नेपाल आमाप्रति समर्पित गितहरु गाएर उनी सबै नेपालीहरुको मनमनमा बस्न सफल भएका छन । त्यती मात्र होईन विश्वव्यापी रुपमा महामारीको समयमा नेपालको भूभाग समेत कब्जा गर्न पछि नपर्ने विस्तारवाद विरुद्ध पनि खबरदारी पूर्ण गीत गाउन भ्याएका छ्न ।
कोरोनाको महामारीको चपेटामा परेको यस्तो संवेदनशिल समयमा नेपालको भुभाग मिचिदा पनि त्यस्का विरुद्ध चुईक्क बोल्न नसक्ने नेता र नेतृत्वकलाई समेत झकझकाएका छ्न । चुनाव तथा प्रतिपक्षमा रहदाँ सम्राज्यवाद र विस्तारवादको नारा घन्काउने, भाषणमा राष्ट्रवाद देखाउन खोज्ने नेपाली राजनितीज्ञ माथि उनले प्रहार गरेका छ्न् ।
गीतमा सिमा मिचिदा पनि बोले जस्तो गर्ने नेपाली नेतागत प्रवृत्ति, व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा केही सुधार नआएको कुरा जागजायर गरेका छ्न । जन चाहना अनुसार काम नभएको कुरा उठान गर्दै नेता र नेतृत्वलाई खबरदारी गरिएको छ ।
शिखर गजरकोटेको सृजना र विरहीको संगीत संयोजन रहेको यो प्रगतिशील भिडियोमा बद्री पंगेनी, धर्मराज पोखरेल, दिपेश पोखरेल लगायतले अभिनय गरेका छन । खेम थापा मगरले छायांकन गरेको भिडियोको सम्पादन तथा निर्देशन बिनोद बमले गरेका छन ।
भिडियोका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।