जेठ २० गते सम्म कपिलवस्तु “सिल” : हप्ताको ३ दिन मात्र खाद्यान्न किन्न पाईने (विज्ञप्ति सहित)

लुदअ कपिलवस्तु, जेठ ५

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को जोखिम बढेपछि कपिलवस्तु जिल्लालाई जेठ २० गते सम्म सिल गर्ने निर्णय गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि सीललाई जेठ २० गते मध्यराती सम्म लम्ब्याईएको हो । यस अघि सिल गरिएको मिति आज राती १२ बजे सकिदैछ । कपिलवस्तुमा अहिलेसम्म ४३ जना कोरोना संक्रमित व्यक्ति भेटिइसकेका छन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले एक विज्ञप्ति जारी गरी जिल्लामा अति आवश्यकीय वस्तुहरु बाहेक जिल्लामा गुड्ने सवारी साधन, मानिसहरुको आवतजावत र सम्पुर्ण किसिमका गतिविधि, उद्योग धन्दा, कलकारखानाहरु जेठ २० गते मध्यराती सम्म पुर्ण रुपले बन्द हुने जानकारी दिएका छन् ।

साथै विज्ञप्तिमा उल्लघंन गर्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३०)  सक्रात्मक रोग ऐन २०२० को दफा २ (१) बमोजिम कारवाही हुने उल्लेख गरिएको छ । साथै खाद्यान्न तथा तरकारी किनमेलका लागि हप्ताको ३ दिन सोमवार, बुधवार र शनिवार विहान ७ बजे देखि ९ बजे सम्मका लागि समय कायम गरिएको प्रशासनले जनाएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *