- लुदअ जेठ ७, काठमाण्डाै
नेपालले बुधबार जारी गरेको नयाँ नक्सा नमान्ने भारतले जनाएकाे छ । भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति नै निकालेर नयाँ नक्साकाे बारेमा प्रतिक्रिया दिएकाे हाे ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेकाे नयाँ नक्सामा भारतीय क्षेत्रकाे केही भाग रहेकाे आराेप लगाएका छन् । अनुरागले भनेका छन्, ‘याे एकतर्फी काम तथ्यमा आधारित छैन । याे द्विपक्षीय सम्झाैता विपरीत छ । क्षेत्रीय दाबीकाे यस्ताे कृत्रिम विस्तार भारतले स्वीकार गर्ने छैन ।’
साथै उनले नेपाल सरकारले भारतकाे सम्प्रभुता र क्षेत्रीय अखण्डताकाे सम्मान गर्नुपर्ने आग्रह गरेका छन् । ‘हामीलाई आशा छ नेपाली नेतृत्वले सीमा मुद्दाकाे बारेमा राजनीतिक वार्ताकाे लागि सकारात्मक वातावरण बनाउनेछ’, श्रीवास्तवले भने ।
नेपालले आज लिम्पियाधुरा कालापानी र लिपुलेक भूमिसहितकाे नयाँ नक्सा सार्वजनिक गरेकाे हाे ।