कोरोना : विश्वभर ज्यान गुमाउनेको सङ्ख्या साढे ३ लाख नाघ्यो

[sharethis-inline-buttons]

लुदअ जेठ १४, काठमाण्डौ
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सश्र्ख्या साढे तीन लाख नाघेको छ ।

पाँच महिनाअघि चिनको वुहानमा देखिएको कोरोना भाइरसले अहिलेसम्म तीन लाख ५१ हजार ६ सय भन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । विश्वका २ सय १३ वटा देशमा फैलिएको कोरोनाबाट ५६ लाख ७८ हजार भन्दै धेरैमा सङ्क्रमण भएको छ ।

सङ्क्रमितमध्ये २४ लाख २६ हजार भन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९४ हजार भन्दा धेरै मानिसमा सङ्क्रमण भएको छ भने चार हजार भन्दा धेरैको ज्यान गएको छ ।


प्रकाशित : २०७७ जेष्ठ १४, बुधबार ०१:२८