Latest Posts

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा...

आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल

काठमाडौं, आश्विन १ सरकारले...

लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा, ४१ सरेर आएका

रुपन्देही ,आश्विन १  ...

Latest Posts

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले चीनबाट खरिद गरेको कोभिड(१९ विरुद्धको ४४ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ । खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको वाइडबडी(३३० जहाज बिहीबार राती बेइजिङ उडेको थियो । शुक्रबार दिउँसो करिब २ बजे खोप लिएर जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा उत्रिएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।   Facebook […]

Arv

l

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिए सामाजिक सञ्जाल नै बन्द गर्ने धम्की

लुदअ एजेन्सी, जेठ १५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्चाल ट्वीटरले ट्रम्पले गर्ने ट्वीटमा झूठा विषयहरु राखेर भ्रमित गर्न थालेको भन्दै तथ्य–जाँच राखेपछि आक्रोशित बनेका उनले कम्पनी नै बन्द गराइदिने धम्की दिएका हुन् ।

ट्वीटरमाथि आउँदो नोभेम्बरमा हुने चुनावमा दखल दिन खोजेको आरोप लगाउँदै उनले सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

मूलतः ट्वीटर केन्द्रित उनको यो चेतावनीले शासकहरु कतिसम्मको सोच राख्छन् भन्ने पनि देखाएको छ । आफूलाई प्रजातान्त्रिक भन्ने मुलुक अमेरिकाका राष्ट्रपति ट्रम्पले नै आफ्नो चाहना बमोजिम नचलेपछि सामाजिक सञ्जाल नै बन्द गर्ने धम्की दिएका हुन् ।

आफ्नो ट्वीटमा तथ्य–जाँच राखेपछि ट्वीटरलाई सिएनएन र द वासिङ्गटन पोस्टसँग दाँज्दै राष्ट्रपति ट्रम्पले चेतावनी दिँदै गरेको ट्वीटमा, ‘ट्वीटरले वाक स्वतन्त्रता हनन गरेको छ, र राष्ट्रपतिका रुपमा म कुनै पनि हालतमा यस्तो हुन दिन्नँ’ भनेका थिए ।

बुधबार झनै आक्रोशित देखिएका उनले दुई ट्वीटरकै प्लेटफर्म प्रयोग गर्दै सामाजिक सञ्जाल ट्वीटरलाई नै आक्रमण गरेका हुन् ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *