कपिलवस्तुमा विजयनगरको आइसोलेशन सेन्टर व्यवस्थित छः मन्त्री बराल

[sharethis-inline-buttons]

राम प्रघट कोरी ,विजयनगर ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कपिलवस्तुको विजयनगर गाउँपालिकाको आइसोलेशन सेन्टर जिल्लामै सबैभन्दा व्यवस्थित रहेको बताएका छन् । विहिवार गाउँपालिकाको वडा नं. ७ परसोहियामा रहेको आर्युवेदिक अस्पतालमा सञ्चालित आइसोलेशन सेन्टरको अनुगमन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले बनाएको मापदण्ड अनुसार नै आइसोलेशन सेन्टर निमार्ण गरी व्यवस्थित ढङ्गले सञ्चालनमा रहेको मन्त्री बरालले बताएका छन् ।उनले सल्लाह सुझावका साथै आइसोलेशन सेन्टरलाई थप व्यवस्थापनका लागि निरन्तारता दिँदै प्रदेशबाट हुने सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

यसरी जिल्लामै विजयनगर गाउँपालिकाकाले उत्कृष्ट आइसोलेशन सेन्टर सञ्चालन गरेको भन्दै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा लगायत सम्पूर्णलाई धन्यवाद दिएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, डब्लु.एच.ओ.का प्रतिनिधि सहितको टोलीले जिल्लाको विभिन्न पालिकामा रहेको आइसोलेशन सेन्टरको अनुगमन गरेका थिए।


प्रकाशित : २०७७ जेष्ठ १५, बिहीबार १६:५२