लुदअ कपिलवस्तु, २५ जेष्ठ
कोरोनाको राजधानी बनेको कपिलस्तुमा एक महिना मै संक्रमितको संख्या ५ सय नाघेको छ । कपिलवस्तुमा कोरोना संक्रमित रफ्तारले बढ्दो क्रममा छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिउँसो दिएको जानकारी अनुसार जिल्लाका दुई स्थानीय तहमा गरी ३९ जना संक्रमित थपिएका छन । थपिएका संक्रमित महाराजगञ्ज नगरपालिका र यशोधरा गाउँपालिकाका हुन् ।
स्वास्थ्य कार्यालयका अनुसार महाराजगन्ज नगरपालिकाका बर्ष ४ देखि ४६ सम्मका ३१ पुरुष रहेका छन भने ६ बर्ष देखि ५५ सम्मका ६ महिला गरी ३७ जना रेहका छन् । उनीहरु कुन कुन वडाका हुन् भनी स्वास्थ्य कार्यालयले खुलाएको छैन । यता यशोधरा गाउँपालिका वडा नं. ७ का एक २५ बर्षीया महिला र सोही वडाका अर्का २५ बर्षीय पुरुष गरी दुई जना संक्रमित थपिएका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा गरिएको नमुना परिक्षणमा उनीहरुमा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको हो ।
शनिबार विहान मात्र बुद्धभूमि नगरपालिकाको वडा नं. ५ र ६ मा चार जना र विजयनगर गाउँपालिकाको तीन वडामा गरी ४ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेहरुमा वडा नं. ५ का १९ र २९ बर्षीय उमेर समूहका दुई जना र वडा नं. ६ का २३ र ३६ बर्षीय दुई जना गरी चार जना पुरुष रहेका थिए । स्वास्थ्य कार्यालयका अनुसार गाउँपालिकाको वडा नं. १ मा २५ बर्षीय पुरुष, वडा नं. ५ का २४ बर्षीय पुरुष र वडा नं. ६ का २२, ३२ र ४८ बर्षीय पुरुषमा कोरोना देखिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको कोरोनाबाट हालसम्म कपिलवस्तुमा ५ सय २३ संक्रमित पुष्टि भएका छन् ।
उता कपिलवस्तुमा कोरोना संक्रमित तीब्रगतिमा बढे पनि अझै समुदायमै संक्रमण नगएको जिल्ला स्वास्थय कार्यालयले दावी गरेको छ । भेटिएका संक्रमित मध्ये १८ जना मात्र क्वारेन्टीन बाहिरका हुन । त्यस मध्ये ४ जना सुरक्षाकर्मी, चार जना संचारकर्मी, २ जना स्वास्थयकर्मी, २ जना कर्मचारी, एक जना वडाध्यक्ष हुन । यिनीहरु अग्रपंक्तिमा जोखिम मोलेर काम गरेका थिए ।
बाणगंगा नगरपालिकाका– ४ ठकुरापुरकी ६ र ८ बर्षिया बालिका र त्यही पालिकाको एक सक्रमित संचारकर्मीका २ जना परिवार गरी चार जनामा कोरोना देखिएको छ । स्वास्थय कार्यालयका प्रमुख योगेन्द्र भगतका अनुसार भारतबाट फर्केर क्वारेन्टीनमा बसेकाहरुमा नै कोरोना देखिएको छ । उता क्वारेन्टीनमा बस्नेको संख्या समेत निरन्तर घटेको छ । १२ हजार सम्म पुगकोमा अहिले २ हजार ५ सयको हारहारीमा मात्र क्वारेन्टीनमा रहेको भगतले बताए ।