ताजा अपडेट

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भारतमा २१ दिन लामो लकडाउन घोषणा, कोरोना भाइरस संक्रमणको संख्या ५ सय २८ पुग्यो

लुम्बिनी दर्पण २०७६ चैत्र ११, मंगलवार १७:३४
[sharethis-inline-buttons]

लुदअ एजेन्सी, चैत ११
कोरोना भाइरसको संक्रमणमा देशका सबैजसो राज्यमा पुगेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिन लामो लकडाउन घोषणा गरेका छन्। उनले मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै २१ दिनसम्म घरबाहिर निस्कने कुरा कल्पना नगर्न अपिल गरेका छन्। कोरोना भाइरसबाट १० जनाको मृत्यु र ५३० भन्दा धेरै संक्रमित भएपछि मोदीले एक सातामै दोस्रो पटक राष्ट्रलाई सम्बोधन गरेका हुन्। ुहाम्रा लागि यी २१ दिन अत्यन्तै महत्वपूर्ण छन्। यसैले आज राति १२ बजेदेखि देशमा पूरै लकडाउन गर्दैछौुं, मोदीले देशबासीलाई हात जोड्दै भने, आज राति १२ बजेदेखि देश पूर्णरुपमा लकडाउन हुँदैछ। कृपया यी २१ दिनमा कोहीले पनि घरबाहिर निस्किने कल्पना पनि नगर्नु होला।ु प्रधानमन्त्री मोदीले कोरोना भाइरससँग बच्नका लागि यो बाहेक अर्को कुनै विकल्प नरहेको पनि बताएका छन्। हामीसँग यो बाहेक अर्को कुनै बाटो थिएनु, उनले भने, ुकोरोनालाई फैलिनबाट रोक्न यही नै उपाय थियो। कोरोनाको संक्रमणको सांग्लोलाई यही विकल्पबाट तोड्न सकिन्छ। मोदीले जनतालाई कडा चेतावनी दिँदै कुनै पनि प्रकारको खेलवाडले जीवन नै खतरामा पर्न सक्ने बताएका छन्। कुनै पनि प्रकारको खेलवाडले तपाईं हाम्रो जीवन नै जोखिममा पर्न सक्छु, उनले मलिन अनुहार बनाउँदै भने, मलाई विश्वास छ, हरेक भारतीय संकटको यस घडीमा सरकारको, स्थानीय प्रशासनको निर्देशनको पालना गर्न तयार हुनेछन्। उनले २१ दिन लामो लकडाउनले भारतवासीको ज्यान बचाउने पनि बताए। २१ दिन लामो लकडाउन लामो त छ तर तपाईंको जीवन रक्षाका लागि, तपाईंका परिवारको जीवन बचाउनका लागि यो त्यतिकै महत्वूर्ण पनि छ। मोदीले कुनै पनि किसिमको अफवाहको पछि नलागी धैर्य गरेर बसिदिन पनि अपिल गरेका छन्। तपाईंहरु सबैले कुनै पनि किसिमको अफवाह र अन्धविश्वासमा नपरिदिनु होला मोदीले भने, मेरो बिन्ति छ तपाईंहरु कसैले कोरोनाको लक्षण देखिएमा डाक्टरको सल्लाह नलिइ कुनै पनि किसिमको औषधि नखानु होला। मोदीले राज्य सरकारलाई पनि यस समय पहिलो प्राथमिकता केवल स्वास्थ्य सेवा हुनुपर्ने बताएको सम्झाउँदै अरु सबै कुरालाई अहिले स्थगित गर्न अपिल गरे।

भारतमा कति क्षति ?

भारतमा नोभल कोरोना भाइरस फैलिएको १४ औँ दिन बित्दा ज्यान गुमाउनेको संख्या १० पुगेको छ। महाराष्ट्रका ६३ वर्षीय एक वृद्धको कोभिड १९ को संक्रमणका निधन भएको छ। ती वृद्धमा पहिलेदेखि नै रक्तचापको समस्या रहेको डाक्टरहरुले बताएका छन्। अहिलेसम्म भारतमा यसको संक्रमणबाट मृत्यु भएका १० जनामध्ये ७ जनामा मधुमेह र रक्तचापको समस्या रहेको चिकित्सकहरुले बताएका छन्। ५० वर्षमुनिका एक जना भारतमा यसको संक्रमणबाट ज्यान गुमाउनेमा ९ जना ५० वर्षभन्दा बढी उमेरका छन्। एकजना ३८ वर्षीय मिर्गौलाका बिरामीको भने बिहारको अस्पतालमा निधन भएको हो। पछिल्लो आठ दिनमा कोभिड १९ को संक्रमणबाट भारतमा तीनजनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ती तीनै जनाको मुम्बईस्थित कस्तुरबा अस्पतालमा निधन भएको हो। यसैबीच भारतमा कोरोना भाइरस संक्रमणको संख्या ५ सय २८ पुगेको बताइएको छ। कोरोना संक्रमण बढ्दै गएपछि भारतलाई नै २१ दिनसम्म लकडाउनमा लैजाने कदम मोदीले चालेका हुन्।


प्रकाशित : २०७६ चैत्र ११, मंगलवार १७:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

अदालतको फैसला कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयको आलटाल

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

भर्खरै

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

  • बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

  • पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech