कपिलवस्तुमा १० मृत गोरुसहित ट्रक प्रहरीको नियन्त्रणमा

[sharethis-inline-buttons]

राम प्रघट कोरी चैत्र १२, विजयनगर

कपिलवस्तुको शिवराज नगरपालिकाबाट १० मृत गोरु सहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिकाको वडा नं १ बनकसबासाबाट मृत गोरु ट्रकमा लोड भएको प्रहरीले नियन्त्रणमा लिएको हो । ना ४ ख २९८४ नम्बरको ट्रकमा एउटा गोरु जिउँदो र १० वटा मरेको प्रहरीले जनाएको छ ।

भेटनरीले चैत्र १३ गते चलानी गरेको र पशु क्वारेन्टाइनले छाप लगाएको रसिदसँगै रहेको जनाएको छ । सरकारले लक डाउन गरेको अवस्थामा लैजान नसकेर र ट्रकमा गोरु ओभर लोड भएको कारण च्यापिएर १० गोरु मरेको हुन सक्ने इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
विजयनगर गाउँपालिकाको वडा नं. ४ बरगदवामा भन्ने ठाउँमा जिउँदोलाई झारी मरेको गोरुलाई गाड्ने क्रममा स्थानीयले देखेपछि लखेटेका थिए । तस्करले ट्रक लिएर सुन्दरीडाँडा, तुरुन्तपुरु, शिवपुर हँुदै भागेको ट्रकलाई बनकसवासाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जगदीपुरबाटै जेसीवी ल्याई गाड्न लागेको र स्थानीयले गाड्न नदिएपछि विवाद उत्पन्न भएको थियो । विवादपछि ट्रक लिएर भागेको बताएका छन् ।
यता इलाका प्रहरी कार्यालय गणेशपुरलाई सम्पर्क गर्दा प्रहरीको केही संगग्नता नरहेको र थाहा पाउने वित्तिकै घटना स्थलमै पुगी नियन्त्रणमा लिएको कारवाहीका लािग पशु सम्बन्धी कसूर अन्तर्गत मुद्धा चलाइने गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भयो । बाराको निजगढ बस्ने चालक कमल मगरले दाङको तुल्सीपुरबाट हेटौँडा लैजान लागेको बताएका छन् ।


प्रकाशित : २०७६ चैत्र १२, बुधबार ०६:२१