Latest Posts

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा...

आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल

काठमाडौं, आश्विन १ सरकारले...

लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा, ४१ सरेर आएका

रुपन्देही ,आश्विन १  ...

रक्तदान कार्यक्रम सम्पन्न

तिलोत्तमा, असोज १ तिलोत्तमा...

Latest Posts

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा ९एकीकृत समाजवादी०का अध्यक्षमाधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । काठमाडौंको मिनभवनमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एकहप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । सरकारमा जान आफुहरु आज भने आज भोलि भने भोलि तयार रहेको उनले बताए । म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थेँ, […]

Arv

l

यो बर्ष पनि वणगंगामा वडा नं. ७ अगाडि, ८५ प्रतिशत योजना निकासा, ९६ प्रतिशत सम्पन्न (विवरण सहित)

हरि आचार्य कपिलवस्तु, असार ७
कपिलवस्तुको वाणगंगा नगरपालिकामा चालु आर्थिक बर्ष २०७६/७७ मा हाल सम्म वडा नं. ७ ले छिटो छरितो सबैभन्दा धेरै योजना सम्पन्न गरेको छ । आगामी आर्थिक बर्ष २०७७/७८ का लागि निती तथा कार्यक्रम आईसक्दा नगरपालिकाले दिएको वडागत प्रगति विवरण अनुसार वडा नं.७ ले ८५ प्रतिशत योजनाको फछ्र्यौट गरि निकासा लिन सफल भएको छ भने ९६ प्रतिशत योजना सम्पन्न गरिसकेको वडाकार्यालयले जनाएको छ । वडाका वडा स्तरका ५०, केन्द्र, प्रदेश, राष्ट्रपति चुरे संरक्षण र नगर स्तरका ९ वटा गरि जम्मा ५९ वटा योजना रहेका थिए भने वडाको सिलिङबाट ९२ लाख ४८ हजार अन्य क्षेत्रबाट २ करोड गरि जम्मा २ करोड ९२ लाख ४८ हजारका योजनाहरु सञ्चालन भएका थिए ।

कोरोना महामारीका कारण गरिएको लकडाउनले गर्दा लक्षित वर्गका कार्यक्रम मध्ये वडाका दलित, महिला तथा शहकारी तालिमहरु सशक्तिकरणका तालिम र वडाको सार्वजनिक सुनुवाई गर्न सञ्चालन गर्न नसक्दा शत प्रतिशत योजना सम्पन्न गर्न नसकेको वडा सचिव कृष्ण खनालले बताएका छन् ।

वडा नं. १ ले ३४ वटा योजना मध्ये, ४१ प्रतिशत, वडा नं. २ ले ३७ वटा योजना मध्ये ६५ प्रतिशत, वडा नं. ३ ले ४२ योजना मध्ये ३७ प्रतिशत, वडा नं. ४ ले २७ वटा योजना मध्ये ५८ प्रतिशत, वडा नं. ५ ले ४२ वटा योजना मध्ये ३२ प्रतिशत, वडा नं. ६ ले ४२ वटा योजना मध्ये २६ प्रतिशत योजना मात्र फछ्र्यौट गरेका छन् ।

त्यस्तै वडा नं. ८ ले ४२ वटा योजना मध्ये ५८ प्रतिशत, वडा नं. ९ ले ४३ वटा योजना मध्ये ४१ प्रतिशत, वडा नं. १० ले ६० वटा योजना मध्ये ३८ प्रतिशत र वडा नं. ११ ले ५० वटा योजना मध्ये ५२ प्रतिशत योजना निकासी तथा फछ्र्यौट गरेका छन् ।

यसरि पहिलो, दोस्रो र तेस्रो बर्ष नगरको विकासमा सबै भन्दा छिटो योजनाहरु सम्पन्न गरेर जनतालाई विकासको अनुभुति प्रदान गर्न पाउँदा कस्तो अनुभव भएको छ भन्ने पत्रकारको जिज्ञासामा वडा नं. ७ का वडाअध्यक्ष बिष्णु गिरीले गर्व महशुस भएको भन्दै साथ दिने सबै वडावासीलाई उनले धन्यवाद दिएका छन् ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *