खोला उत्खनन् गर्दै गर्दा कपिलवस्तुमा स्काभेटर पक्राउ ( भिडियो सहित

[sharethis-inline-buttons]

कपिलवस्तु

कपिलवस्तुमा ठेक्का अविधि सकिएपनी कतिपय ठेकेदारले मनपरि नदि उत्खनन् गरेको पाईएको छ ।

कपिलवस्तुको बुद्धभुमि १ विरपुरमा रहेको कोन्दे खोलामा नदिजन्य पदार्थ उत्खनन् गर्दै गर्दा आज स्काभेटर पक्राउ परेको छ ।
स्काभेटर संगै लोड गर्न लगिएका करिव आधा दर्जन टिप्पर भने भागेका छन् ।

टिप्पर पक्राउ हुन सकेका छैनन् ।

स्थानियले लुम्बिनी दर्पण अनलाईनलाई दिएको जानकारी अनुसार विहान देखि नै नदिमा स्काभेटर ले लोड गरेको र स्थानियले प्रहरीलाई खबर गरेपछी टिप्पर भगाएको बताए ।

नदि ठेक्का लिएको खड्का माटो सप्लायर्सले ठेक्का समाप्त भएपछी मनपरि स्काभेटर प्रयोग गरेर उत्खनन् गर्न थालेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

बा २ क ७४५५ नं को स्काभेटर स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक कृष्ण रानाका ले उत्खनन् गरेको स्काभेटरलाई थप कार्बाहिको लागि जिल्ला समन्वय समितिमा पठाएको जानकारी दिए ।
विहान नदिमा पुगेको स्काभेटर ले उत्खनन् गरेको रोक्न खोजेका युवाहरुसंग समेत बिवाद भएको थियो । केहिदिन अधिदेखि नदिमा स्काभेटर लगाएर ठेकेदारले मनपरि उत्खनन गरिरहेको स्थानियले बताए ।


प्रकाशित : २०७७ असार १०, बुधबार १६:१५