सरिता गिरीलाई संसद् सचिवालयले सांसद पदबाट हटायो

लुदअ असार २५, काठमाण्डौ
सङ्घीय समाजवादी पार्टीले गएको मङ्गलबार सरिता गिरीलाई पार्टीबाट निष्कासन गर्दै सांसद पद समेत खारेज गरेको थियो ।
पार्टीको पत्र प्राप्त भएपछि सङ्घीय संसद् सचिवालयले बिहीबार सूचना निकालेर सरिता गिरीलाई सांसदबाट निष्कासन गरेको जनाएको छ ।

नेपालको नयाँ नक्साको विरोध गरेको, पार्टीको ह्वीप नमानेको र संविधान संशोधन विधेयकमा संशोधन दर्ता गराएको भन्दै समाजवादी पार्टीले गिरीलाई पार्टी र सांसदबाट हटाइएको जनाएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *