साझा पार्टी र विवेकशीलबीच फेरि एकता प्रयास

[sharethis-inline-buttons]

लुदअ २८ असार, पोखरा
फुटको डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेका छन् ।

साझा पार्टीको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि सम्वाद समिति गठन गरेको छ । बैठकमा पार्टीमा एकताको विषयमा फरक मत राख्दै आएका प्रवक्ता सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनाल भने बैठकमा सहभागी भएनन् ।
नेताहरुका अनुसार पार्टी एकता वार्ताका लागि विवेकशील नेपाली दलले पनि कार्यदल गठन गरिसकेको छ ।

साझा र विवेकशीलबीच ११ साउन २०७४ मा पनि पार्टी एकता भएको थियो । २०७४ को चुनावमा एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका दुई दलले प्रदेश ३ को प्रदेशसभामा ९हालको बागमती प्रदेशसभा० मा समानुपातिकतर्फ तीन सिट पाउन सफल भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको नेतृत्व तहकै व्यक्तिहरु नेतृत्व नै पराजित भएका थिए ।

२७ पुस २०७५ मा यो पार्टी फुट्यो । उज्ज्वल थापा नेतृत्वको समूहले फेरि विवेकशील नेपाली दल ब्यूँतायो भने रवीन्द्र मिश्र समूह साझा पार्टीमा नै रहे । १४ मंसिर २०७६ मा कास्की २ मा भएको उपचुनावमा दुबै दलले नराम्रो हार व्यहोरे । अन्यत्र पनि अपेक्षाअनुसार मत नआएपछि फेरि एकताको बहस सुरु भयो ।

साझा पार्टीको फागुन १५ देखि १७ गतेसम्म लुम्बिनी भेलाले मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई टेकेर साझाले विवेकशील नेपाली दलसँग पार्टी एकताका लागि अनौपचारिक सम्वाद थालेको थियो ।


प्रकाशित : २०७७ असार २८, आईतवार १४:०९