ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा ५ को सार्वजनिक सुनुवाई : करिव शत प्रतिशत योजना तथा कार्यक्रम पुरा (विवरण सहित)

लुम्बिनी दर्पण २०७७ असार ३०, मंगलवार १५:१९
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, असार ३०
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ ले आर्थिक बर्ष २०७६/७७ मा सम्पन्न गरिएका योजना तथा कार्यक्रमहरुको प्रगति विवरण सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७६/७७ भित्र संस्थागत क्षमता विकास तथा सुशासन प्रवद्र्धन एवम् सार्वजनिक सुनुवाई कार्यक्रम अन्तर्गतको कार्यक्रम अनुसार चालु आर्थिक बर्ष भित्रका योजना तथा सम्पन्न भएका कार्यहरुको बारेमा सार्वजनिकिकरण गरिएको हो ।

कार्यक्रममा पिताम्बर वि.क., कमल अर्याल, अशोक पौडेल, राम बहादुर गन्धर्व र गिरिराज न्यौपाने लगायत वडाका सरोकारवालाले भौतिक विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, लक्षित वर्ग तथा विभिन्न समसामयिक बिषयमा समस्या तथा जिज्ञासा राखेका थिए ।

जिज्ञासाको जवाफ दिंदै वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसालले चालु आर्थिक बर्षको अवधिमा सम्पन्न योजनाको प्रतिवेदन प्रस्तुत गरेका थिए । वडाअध्यक्ष भुसालले जब सम्म जनताले विकास निर्माणका काममा अपनत्व गरेर चासो दिंदैनन् तव सम्म विकास निर्माण मजबुत र दिगोपन हुन नसक्ने दावी गरे । उनले यो बर्ष लक्षित वर्गका कार्यक्रममा विभिन्न तालिमहरु मात्र सम्पन्न गरेर औचित्य नहुने भन्दै तालिमबाट सिकेको सीप तथा क्षमतालाई उत्पादनमा प्रयोग गरी उपलब्धि मापन गर्नुपर्नेमा जोड दिएको प्रष्ट पारे ।

चालु आर्थिक बर्षमा विभिन्न अपांगता भएका व्यक्तिहरुलाई उनीहरुको जिवन सहज बनाउनका लागि ह्विल चियर प्रदान, उनीहरुलाई व्यवसाय सञ्चालन गरी आत्म निर्भर बनाउनका लागि आर्थिक सहयोग गरी अपांगमैत्री वडा बनाउने अभियान सुरु गरिएको वडाध्यक्ष भुसालले जानकारी दिए । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत वडाका धार्मिक तथा पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने उद्देश्यले पार्क निर्माण गर्ने कार्य सुरु गरेकाले यसलाई निरन्तरता दिने बताए ।

विशेष गरी महिला लक्षित कार्यक्रम अन्तर्गत तालिम प्रदान गरि उनीरुको सीपलाई उत्पादनमा सदुपयोग गरि वडाले बजारको व्यबस्था गरिदिने प्रष्ट पारे । त्यस्तै कोभिड विशेष कार्यक्रमम मार्फत ८ जना युवाले रोजगारी प्राप्त गरेको बताए ।

त्यस्तै सामुदायिक विद्यालय प्रति विद्यार्थीहरुलाई आकर्षित गर्नका लागि वाल विकास देखि कक्षा ५ सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिंदै आगामी दिनमा यसलाई निरन्तरता दिने बताए ।
वडाध्यक्ष भुसालले हाट बजार र पाकिङ स्थललाई ब्यवस्थित गर्ने कार्य सुरु गरेकोले आगामि बर्ष यो कार्य पुरा गरिने बताए ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणमा वडा नं ५ ले अत्यन्तै अग्रणी र नेतृत्वदायी भुमिका खेलेको बताउदै क्वारेण्टीन तथा आइसोलसन स्थापना र ब्यबस्थापनमा अगुवाइ गरेर नगरलाई नै सकारात्मक दबाब दिएको समेत वडा अध्यक्ष भुसालले दाबी गरे।

सामाजिक विकास समिति संयोजक समेत रहेका वडाअध्यक्ष भसालले वडाले सडक निर्माण, सिचाइ संरचना निर्माण, शिक्षा, सामाजिक सशक्तिकरण र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत दावि गरे ।

त्यस्तै आगलागीको जोखिमलाई मध्यनजर गरि खरको छाना मुक्त वडा घोषणा गर्ने गरि खरका झुप्रा घरहरुमा आवश्यक निर्माण सामग्री सहित जस्ता पाता लगाउने काम भैरहेको बताउँदै वडाध्यक्ष भुसालले अगामि बर्ष पनि यसलाई निरन्तरता दिने बताए ।

वडा, नगर, प्रदेश तथा संघबाट विनियोजित बजेटबाट वडामा भौतिक विकास निर्माण, सामाजिक, संस्थागत तथा सुशासन, युवा लक्षित, वालवालिका, कृषि तथा आर्थिक विकास सम्बन्धि भौतिक पुर्वाधार तर्फ शत प्रतिशत र सामाजिक बिकास तर्फ ९५ प्रतिशत कार्य सम्पन्न गरेकाले समग्र वडामा करिव शत प्रतिशत योजना तथा कार्यक्रमहरु सम्पन्न भएको वडा सचिव दिपक पाण्डेले बताए ।

वडाअध्यक्ष भिष्मराज भुसालको अध्यक्षता, राम प्रसाद थारु, मधुकला वि.क, (नेकपा) वडा कमिटि अध्यक्ष बाबुराम अर्याल, नेपाली कांग्रेस वडा सभापति शालिकराम पौडेल, राष्ट्रिय जनमोर्चा वडा कमिटि अध्यक्ष चेतनारायण पाण्डे, सम्पुर्ण टोल विकास संस्थाका अध्यक्ष, सञ्चारर्मीहरुको आतिथ्यता, तथा वडाका सरोकारवालाको उपस्थिती रहेको कार्यक्रम वडा सदस्य कृष्ण बहादुर चौधरीको स्वागत मन्तब्य तथा वडा सचिव दिपक पाण्डेको सञ्चालनमा कार्यक्रममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ असार ३०, मंगलवार १५:१९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech