ताजा अपडेट

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हतोत्साहित होईन आत्मवल बढाउ, साबधानी अपनाउ –सम्पादकीय

लुम्बिनी दर्पण २०७६ चैत्र १५, शनिबार ०९:१७
[sharethis-inline-buttons]

बाबुराम आचार्य
आज विश्वमा तीब्र गतिका साथ फैलिएको कोभिड १९ ले विश्वमा भरका ७.७ बिलिएन भन्दा बढी जनतालाइ नै त्रसित पारेको छ । पहिलो कुरा यो महामारीको बारेमा राज्यसंरचनाले नै जनचेतना फैलाउनु जरुरी छ । कोभिड १९ हालसम्म देखापरेका रोगहरु मध्ये अलिक जटिल प्रकृतिको रहेको छ भन्ने कुरा पनि स्वास्थ्य छेत्रमा कार्यरत बिज्ञयहरुको रहदै पनि आएको छ । बिगतमा देखिने गरेका भाइरसहरु भन्दा अत्यन्तै शक्तिसाली र आक्रामक पनि छ । चीनको बुहानबाट सुरु भएर हालसम्म संसारका १८० भन्दा बढी देशहरूले यस्को सामना गरिरहेको समाचारहरुले जनाएका छन् ।

यस्का फैलावट र नियन्त्रणका प्रयासहरु हेर्दा यो एक महामारीको रुपमा अनियन्त्रित तरिका बाट बिस्वब्यापी रुप ग्रहण गरेको प्रष्ट छ । सुरुमा यो महामारी चिनमा देखा र्पायो र अहिले यो झन्डै तिन महिनाको कडा मिहिनेत पछि त्यहाँ नियन्त्रणमा आइसकेको छ । यस्मा त्यो देशको शासन पद्धति र तो देशका जनताको फलामे अनुसासनले गर्दानै यो सम्भब बनेको हो त्यसअर्थ चिनियाँ जनतालाइ सम्मान गर्नु पर्छ । हाम्रो छिमेकी देश दुरिका हिसाबले पनि नजिकको चिनमा त्यति बिध्न उपद्रोह मच्चाउदा पनि हामिकहा सम्म कोभिड १९ आउन पाएन यो हाम्रो निम्ति सुखद पक्ष हो । हाम्रो अर्को छिमेकी मुलुक भारतमा समेत चिनबाट नाअएर इटाली र इरान लगाएको देशबाट भित्रिसकेको छ ।
आज महासक्ती रास्ट्र अमेरिका बिस्वको पहिलो प्रभावित रास्ट्र्का रुपमा देखा पर्दै छ।इटालुको कोरोना फैलावट र मृत्युदरले संसारका दृष्टि तिल्मिलाउन थालेका छन् । हाम्रो जस्तो खुल्ला सिमा भएको देशमा यस्को जोखिम उच्च रहनेनै भयो । हालसम्म भारतमा अन्य देशको तुलनामा  कोभिड १९ को प्रकोप कम छ । यदि त्यो देशमा अन्य देशहरूमा जस्तौ तिब्र रफ्तारमा कोरोना प्रकोप फैलियो भने त्यो नेपालका लागि झनै खतरापूर्ण रहने निश्चितै छ । कोभिड १९ज्ञढ सङ्ग जुध्न भारतको आफ्नै सम्यन्त्र प्रयाप्त छैन । अर्को कुरा भारतका नागरिकको बुझाइ यो रहदै आएको छ की नेपाल यो महामारिबाट सुरक्षित रहेको छ ।

यस्तो अबस्थामा खुला सिमानाको फाइदा उठाउदै संक्रमित भित्रिएपछि हाम्रो सरकारले पनि आफ्नै बलबुतामा केही गरिहाल्छ भन्नका लागी बिश्वस्नीय कदम चालेको छैन । हाम्रो उपचार पद्धति, सरकार संगको मौजुदा इक्युपमेन्टहरु को अवस्था दयनीय नै छ । भारतमा इटाली वा अमेरिका मा जस्तै रफ्तारमा कोरोना प्रभाव देखा पर्न सक्छ । यदि त्यस्तो अवस्था आइहाल्यो भने पनि उस्ले त्यो खतरापूर्ण अवस्था को सामना गरेर अगाडि बढ्नुको विकल्प छैन । तर भारतको भन्दा कैयौं गुणा हाम्रो स्वस्थ्य समयन्त्र कमजोर छ । हामी यसका पुर्ब तयारी स्वास्थ्य परिक्षणका साधन वा समग्रीहरुको अवस्था नै दयनीय छ । त्यस्तो मा हाम्रा निम्ति सबैभन्दा सजिलो र उत्तम बिधिनै सेल्फ क्वारेन्टाइन हुन सक्छ । कोरोनाका जटिलताहरु छन् पहिला ती जटिलताहरु पत्ता लगाउन सक्नुपर्छ । यो संक्रमण भएको २ हप्ता पछि मात्रै पत्तो लाग्छ योनै प्रमुख जटिलता हो । त्यो देखा परेपछि स्वास्थइ संस्थाहरुले भर्ना नलिने र समाजले तिरस्कार गर्लाकी भनेर लछ्यण लुकाउने अर्को समस्या हुन सक्ने छ । जुन कुराको केही आंशिक प्रतिनिधित्व नवलपरासी र रुपन्देहीको कंचनका बिरामिले खेप्नुपरेको सास्ती बाट पुस्टी भैसकेको छ ।

हाम्रो देशको हकमा यो संक्रमण जति ठूलो क्षेत्र र संख्या मा फैलदै जानेछ त्यतिनै यसको नियन्त्रणमा थप जटिलता र कठिनाइ पैदा हुने छ । यसलाइ रोकथामका तमाम उपायहरुद्वारा फैलन नदिनुनै हाम्रो निम्ति अचुक औषधि साबित हुन सक्नेछ । हामीलाई कोरोनाले प्रदान गरेको अर्को सुखद पक्ष यो हि कि यतिका लामो समय सम्म पनि त्यो संक्रमणले ठुलो रुप ग्रहण गरिसकेको छैन । हामीले बिश्व बजारमा यस्बारे सुन्दा सुन्दै पनि नयाँ नयाँ जानाकारी प्राप्त भएका छन् जसको प्रयोगले हामी केही सुरक्षित रहन सक्ने छौ । उता हाम्रो सरकारले चाहेको भएमा यतिबेला सम्म पुर्णतया आवश्यक बस्तु जस्तै जनसंख्याको अनुपातमा मेडिकल मास्कहरु वा स्यानिटाईजरहरु समेत प्रयाप्त उत्पादन गर्न सकिने समया थियो । रोग लागि हालेमा कति औषधि मुलो, कति प्रदेशमा कति बेडहरुको बन्दोबस्ती, परिक्षण्का लागि आवश्यक कीट कति मात्रामा मौज्दात राख्ने जस्ता सामान्य तर अतिनै महत्वपुर्ण कामहरु गर्न सक्ने यतिका समय थियो तर हाम्रो लाचार सरकारको के कुरा गर्नु ? उस्ले बल्ल सामान ढुवानीका लागि टेन्डरमा जानेकुरा चैत्र १३ गते बिबिसी मा बताइएको छ ।

हाम्रा पनि केही समस्या छन् । प्राय हामी अनुशासन मान्दैनौं र हरेक कुरालाइ अलि बढीनै सामान्यकरण गर्ने गर्छौ, यसपाली त्यसो नगरौँ । सरकारी संयन्त्रहरु कमजोर छन् । पुलिसहरुको लाठी प्रहार गर्ने बाहेक अरु तरिका अप्नाएर बुझाउने फुर्सद हुदैन । उसका अनुगमनहरु सिमानाकाहरुमा निकम्मा साबित भएका छन् । तर नेपाली बजार मा लाठी मुङ्रा बर्साइएका छन् यो शासक दलको दम्भ बाहेक अरु केहि होइन । बर्तमानका युटुबरहरु र सामाजिक सन्जालहरुले फैलाएका भ्रामक सुचनाले पनि अम नागरिकमा दुविधा पैदा भएका छन् । एकथरिले कोरोना नियन्त्रणका लागि कथित पुजा पाठ लगाएका समाचारहरु पनि सार्बजनिक भएका छन् । यी र यस्ता दृस्टान्तहरुले हाम्रो समाजको जटिलता लाइ नै बताउँछन् । बिस्व नै त्रसित बनाउने कोरोना भाइरसका कारण थप चनाखो हुनुपर्ने स्वास्थ्य मन्त्रालयले घण्टै पिच्छे पत्रकारसँग साक्षत्कार गरि जनतालाइ कोरोना भाइरसको अप्डेट तथा सुसूचित पार्नुपर्ने हो । उल्टै पाहुना आएका छन् बोल्दिन भने पछि बोल्दिन भनेको कुरा समाचारहरुमा छयाल्ब्याल्ती आयो । यसरी यो अबस्थामा हाम्रो समाजमा मनोबल कमजोर भएर हुन सक्ने दुर्घटना तर्फ पनि हामी उतिकै सचेत हुनुपर्छ ।

प्रकृतिको आफ्नै न्याय को सिद्धान्त हुन्छ । हामी त्यो नियममा नै अगाडि बढिरहेका हुन्छौ कैयौंले यसलाइ बुझेर र कयौंले नबुझी नबुझी भए पनि हामी त्यो नियम तोडन सक्दैनौं । त्यस बाहेकका बाँकी मानव द्वारा निर्मित ऐन, कानुन, ब्यबस्था यी सब उपनियमहरु हुन् । कैयौं दशकहरुको अन्तरालमा केहिन केहि मानविय क्षति सहितका उथलपुथलहरु भै नै रहेका हुन्छन् । रात, दिन बिकास, बिनास जीवन, मृत्यु , चट्टान, माटो आदि थुप्रै परस्पर बिरोधि तर नभैनहुने एक अर्को का परिपुरक तत्व हुन र यहि प्रक्रिया काराणनै पृथ्वी चलाएमान छ । यसरी हामी मृत्युको पाटो पनि बुझेउ भने मात्रै हामीलाई आत्म बिस्वास बढ्नेछ । सायद यस्तै परिस्थितिमा आत्मबल बढाउन होला बरिस्ठ जनबादी गाएक जिबन शर्मा ले गाएको यो गित“ समय सङ्ग सम्झौता होइन संघर्ष गर संघर्षʺ हो यसैगरी अहिलेको कोरोना युक्त समयसङ्ग पनि सम्झौता होईन कडा संघर्ष गरेर नै हामी बाँच्न सक्छौ ।

 


प्रकाशित : २०७६ चैत्र १५, शनिबार ०९:१७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
प्रतिक्रिया

यो पनि पढौँ

मेला महोत्सव स्थानीय उत्पादन प्रवद्र्धनमा सहयोगी बन्नुपर्छ ।

शुद्धोधनमा धान दिवस कार्यक्रम सम्पन्न

सल्यानमा बस दुर्घटना हुदा ८ जनाको ज्यान गयो

राजनीतिक बिवाद र महामारीको त्रासकाबीच अन्त्य वि.स. २०७६ साल

लकडाउनको अवस्थामा वडा नंं.८ को उदाहरणिय काम, अति गरिवलाई घरघरमा खाद्यान्न वितरण गर्ने

कोरोना भाइरस बिरुद्ध लडाई हामी जित्छौं ।

गोरु तस्करीलाई कारवाही गर –सम्पादकीय

भर्खरै

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech