लुदअ कपिलवस्तु, साउन १०
कपिलवस्तुको वाणगंगा नगरपालिका बेरुजु कम गर्ने देशकै दोस्रो नगरपालिका बन्न सफल भएको छ । राष्ट्रिय स्तरबाटै झापा जिल्लाको मेची नगर पछिको दोस्रो बेरुजु कम गर्ने नगरपालिकामा पर्न सफल भएको नगर उपप्रमुख चक्र अर्यालले बताए ।
उहाँले २०७६।७७ मा योजना अनुसार नै नीतिगत बेरुजु कम गर्न सफल भएकोले आगामी वर्षमा शुन्यमै झार्ने दावी गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुणामणी पन्थीले नगरको विकास निर्माणका लागि कटिबद्ध रहेको स्पष्ट पारे । उनले कोभिड १९ को कारणले पनि भौतिक निर्माणका कार्य सम्पन्न गरिएको दावी गरे । सरकारबाट प्राप्त भएको राजस्व फ्रिज नभएको र सम्पूर्ण कार्य सम्पन्न भएको बताए ।