ताजा अपडेट

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

जन्मोत्सवमा परिवार विहिन वालवालिकाको साहारा बन्दै सञ्चारकर्मी पौडेल

लुम्बिनी दर्पण २०७७ श्रावण १५, बिहीबार ०७:१३
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी, जितपुर

पछिल्लो समय जन्मदिन भन्नाले केक काट्ने, साथिहरुसँग शुभकामना आदान प्रदान गर्ने, पार्टि दिने, नाचगान गर्ने अनि गिफ्ट प्राप्त गर्ने भन्ने कुरा बुझिन्छ तर यो धारणा गलत हो । जन्म दिनमा केक काट्नु नराम्रो मानिदैन तर केकमा राखिएको बत्ति निभाएर केक काट्ने परम्परा बन्दै आएको छ, हिन्दु धर्म अनुसार कार्यक्रममा बत्ति निभाउनु अशुभ मानिन्छ

।

आफूभन्दा ठूलाको आशिर्वाद मानिसको जीवनमा ठूलाको आशिर्वादको ठूलो महत्व राखेको हुन्छ । त्यसैले जन्मोत्सवमा आफूभन्दा ठूलाको आशिर्वाद लिनु राम्रो हुन्छ । त्यसले जन्मोत्सव मनाउने व्यक्तिमा आफूभन्दा ठूलाको सद्भाव, प्रेम र मार्गदर्शन प्राप्त हुन्छ । जसले उक्त व्यक्तिमा मनोवल थप हुने तथा उत्प्रेरण थपिने हुन्छ । साथै, बाल्यबस्था देखि यस्तो बानी बसालिदिएमा उनीहरुमा आफूभन्दा ठूलालाई सम्मान गर्नुपर्ने रहेछ भन्ने संस्कारको विकास हुन पाउँछ ।

खानेकुरा तथा फलफूल वितरण तपाईं आफनो जन्मदिनका दिन कुनै पनि वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई आप्mनै हातले वा कोही व्यक्तिहरु मार्फत खानेकुराहरु वितरण गर्न सक्नुहुनेछ । हाम्रो शास्त्रीय मान्यताले भोका व्यक्तिलाई खान दिएमा सबैभन्दा ठूलो पुण्य हुने उल्लेख गरेको छ । खानेकुराको वितरणले भोको रहेका व्यक्तिमा तृप्तता हुने र उक्त तृप्तताको फल खानेकुरा वितरण गर्नेको जीवनमा झल्कने दर्शनभित्र ठूलो विज्ञान निहित छ ।

सोहि क्रममा लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिक बजार प्रमुख तथा सञ्चारकर्मी सागर पौडेलले जन्मोत्सव परिवार विहिन वालवालिका सँंग मनाएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ का सञ्चारकर्मी पौडेलले आफ्नो जन्मोत्सव कपिलवस्तु वाल गृहका परिवार विहिन वालवालिकासँंग मनाएका हुन् । उनले जन्म दिनको अवसर पारेर कपिलवस्तु वाल गृहका २९ जना परिवार विहिन वालवालिकाहरुलाई रुद्रभिषेक भोजन गराई उदाहरणीय कार्य गरेका छन् ।

उनले केक काट्ने, साथीभाईहरु जम्मा गरेर फजुल खर्च गर्ने प्रवृत्तीको अन्त्य गरी परिवार विहिन वालवालिकाहरुको हौसला प्रदान गर्ने उद्देश्यले उक्त कार्य गरेको सञ्चारकर्मी पौडेलले बताए । सञ्चारकर्मी पौडेल भन्छन् ‘आफ्नो सबै खुसीमा आफु मात्र खुसी हुनु जीवन सफल हुनु होईन, आफ्नो थोरै खुसी बाँडेर अरुलाई पनि खुसी बनाउनु नै जीवनको सफलता हो’ ।

उनले जन्म दिनमा अनावश्यक खर्च नगरी वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई साहारा दिन सबैलाई आग्रह गर्दै आगामि दिनमा पनि यस्तै कार्य गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकका प्रबन्धक मोहन बेल्बासे, कपिलवस्तु वाल गृहका अध्यक्ष राजु प्रसाद अर्याल, पौडेलका पिता बोधिराम पौडेलले जन्मोत्सवको शुभकामना व्यक्त गर्दै उदाहरणीय कार्य गरेकोले यसले समाजमा सकारात्मक प्रभाव पारेको बताए ।

वाल गृहमा रहेका वालवालिकाहरुले पनि सञ्चारकर्मी पौडेललाई टिका सहित जन्मोत्सवको शुभकामना व्यक्त गर्दै खुसी व्यक्त गरेका थिए । कार्यक्रममा कपिलवस्तु बाल गृहका प्रमुख राम प्रसाद अर्याल, जिल्ला मालपोत कार्यालय कपिलवस्तुका अधिकृत रिषी पौडेल, सामुदायिक रेडियो मायादेवीका कार्यकारी निर्देशक थानेश्वर अधिकारी,महिला अधिकारकर्मी पुष्पा रेग्मी, लुम्बिनी दर्पण अनलाइनका समाचार संयोजक हरी आचार्य, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल प्रदेश नं ५ का सदस्य पुर्णचन्द्र परियार,पत्रकार महासंघ कपिलवस्तु शाखाकी कार्यालय सचिव संगीता भुसाल, लुम्बिनी दर्पण साप्ताहिकका बजार सहायक सुदिप अधिकारी लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७७ श्रावण १५, बिहीबार ०७:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
प्रतिक्रिया

यो पनि पढौँ

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

भर्खरै

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech