समुदाय स्तरमा कोरोना फैलिएपछि कपिलवस्तुमा लकडाउन (यी यी कार्यमा प्रतिबन्द)

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, २७ साउन

कोरोना संक्रमण समुदायस्तरमै फैलिन थाले पछि कपिलवस्तमुा ६ दिनका लागि फेरी लकडाउन गरिएको छ । साउन २७ गते बिहान ५ बजे देखि साउन ३२ गते साँझ १२ बजे सम्मकालागि लकडाउन गरिएको हो । अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको हो । यस अघि गत साउन २२ गते देखि साउन ३२ गते सम्मकालागि अर्ध लकडाउन गरिएको थियो । सरकारी कार्यालय, बैकिङ संस्था बजार, पसल निजी र सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरिएको छ । कोरोना फैलने उच्च जोखिम बढेकोे र बढी जन संपर्क हुने स्वास्थयकमीर्ए ब्यपारी बैक तथा बित्तीय संस्थाका कर्मचारीहरु समते धमाधम सक्रमित हुन थाले पछि लकडाउन गरिएको गरेको हो । प्रजिअ दीर्घ नारायण पौडेकाले अध्यक्षतामा जिल्ला कोरोना बिपद ब्यवस्थापन समितिको प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए ।

सजगता अपनाई संक्रमणको बिस्तारलार्इृ रोक्न सो निर्णय गरिएको प्रूजिअ पौडेलले बताए । उद्योग कलकारखानको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जार िगरको मापदण्ड अनुसार संचालन गर्न पाईने छ । खादान्न तथा तरकारी किन्नकालागि बिहान ८ बजे देखि १० बजे सम्मको समय तोकिएको छ । बैक कर्मचारी, शिक्षक बिद्यार्थी, स्वास्थयकर्मी औषधी ब्यापारी लगायत समेत कोरोना संक्रमित भेटिए पछि सहुलियत सहीतको निषेज्ञाञा जारी गरेको हो । जिल्लाम ८ सय ५७ जना संक्रमित भेटिएका छन । जमध्ये ७ सय ५५ जना निको भई घर फर्किसकेको छन । लकडाउन पालना नगर्नेलाई कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।

अन्यावश्यकीय बस्तुहरु ढुवानी ) खादान्न, तरकारी, फलफुल, दुध, पेट्रोलिय पदार्थ, ग्याय औषधी, पानी पक्षुपंक्षी दाना, एम्बुलेन्स, शवबाहन राजमार्ग भएर गुडने सवारी साधानहरु जिल्ला भित्र ओर्लिने र चढ्न नपाउने गरी संचालन गर्न पाइने बर्ताइएको छ । त्यस्तै कुनै पनि निजी र सार्वजनिक सवारी चलाउन नपाईने, सबै किसिमका ब्यापार, ब्यवसायहरु चिया पसल, खाजा घर, होटल रेस्टुरेन्ट संचालनमा रोक लगाएको छ ।


प्रकाशित : २०७७ श्रावण २७, मंगलवार ०१:२१