कोरोना रोकथाम तथा नियन्त्रण राहत कोषमा गायक बद्री पंगेनीद्धारा ५० हजार सहयोग

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी । कपिलवस्तु

यतिवेला विश्वनै कोरोनाको प्रकोपबाट आतंकित भए संगै यसबाट कलाकारहरुले पनि सरकारले चालेको योजनालाई सहयोग गर्न थालेका छन यसै सन्दर्भमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निर्वमान अध्यक्ष तथा लोकप्रिय गायक बद्री पंगेनीले पनि सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा आफ्नो व्यक्तिगत रुपबाट ५० हजार रुपैयाँ सहयोग गरेका छन। पंगेनीले आफ्नो तर्फबाट सहयोग रकम हस्तान्तरण गरेका छन।

पंगेनीले राष्ट्रिय वाणिज्य बैंकको खातामा आफ्नो तर्फबाट सो रकम जम्मा गरेका हुन् । कोरोनाकै कारण लकडाउन भए संगै कलाकारहरु यो समय घरमै बसिरहेको अवस्थामा गायक पंगेनीले सो सहयोग गरेका हुन् । सरकारले मानव जातिलाई नै संकटमा पार्ने गरी फैलिएको कोभिड १९ महामारीविरुद्ध सरकारले गरिरहेको प्रयासमा साथ दिन आफूले व्यक्तिगत रुपमा कोषमा योगदान गरेको बताए ।

सरकारको पछिल्लो तत्परता लाई ध्यानमा राख्दै पंगेनीले उक्त रकम सहयोग गरेका हुन्। सबै जनाको सानो सानो सहयोगले सरकारलाई अहिलेको बिपतबाट पार पाउन सजिलो हुने उनको धारण रहेको छ । यस अघि चर्चित गायक प्रकाश सपुतले पनि २ लाख सहयोग गरेका थिए।


प्रकाशित : २०७६ चैत्र १६, आईतवार १३:५५