कपिलवस्तुमा कोरोनाका कारण १ जनाको मृत्यु, अर्का मृतकको रिपोर्ट आउन बाँकी

ByLumbini Darpan Online

२८ श्रावण २०७७, बुधबार ०३:०९ २८ श्रावण २०७७, बुधबार ०३:०९ २८ श्रावण २०७७, बुधबार ०३:०९

लुदअ कपिलवस्तु, साउन २८
कपिलवस्तुमा कोरोनाका कारण सोमवार राति १ जनाको मृत्यु भएको छ ।  जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । बुटवलको धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा उपचारत तौलिहवाका एक र कृष्णनगरका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय श्रोतले जनाएको छ । लक्षण सहीतका बिरामी दुबै जना बिगत ५ दिन देखि बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका थिए । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं. २ का ४२ बर्षिय कृष्ण कुमार गुप्ता रहेका छन् भने कृष्णनगर नगरपालिका वडा नं. १२ का २५ बर्षिय प्रदिप तेलीको मृत्यु भएपनि कोरोनाका कारण मृत्यु हो होईन रिपोर्ट आएपछि मात्रै थाहा हुने बताईएको छ ।

जमुहराका मृतकमा कोरोना संक्रमित पुष्टी भए पनि कृष्णनगरका पुरुषको भने स्वाब बुटवल पठाइएको तर अझै रिपोर्ट आई नसकेको श्रोतले जनाएको छ । यस्तै तौलिहवाका दुई जना कोरोना संक्रमितको अवस्थामा पनि गंभीर रहेको छ । मस्जिद टोलका मासु ब्यापारी र सागरटोलका एक पुरुष काठमाण्डौमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले कपिलस्तुका दुई कोरोना संक्रमितको मृत्यु भएको खबर आए पसि अझै बिस्तृत बिवरण नआएको बताए । प्रजिअ दीर्घ नारायण पौडेलले तौलिहवाको जमुहरा टोलका कोरोना संक्रमितको मृत्यु भएको बताए । कृष्णगनरका मृत्यु भएका गुप्ताको स्वाबको रिपोर्ट भने अझै नआएको बताए । जिल्लामा ८ सय ८० जना कोरोना संक्रमित छन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *