उषा भुसाल (सी मून)
बाह्रैमास काम पौरखी ज्यान अभाव धनको,
बुझ्दैनन् पिडा सरकार र साहुले किसान जनको।
न खुसि जीवन न धनको पूर्ति न पिडा कमछ,
किसानलाई पासो थापेर साहु खुसीमा रमछ।
मनमा पिडा दुःखको भारी निद्रा भोक टरेर,
पाउन्न खान दुईछाक पुरा त्यत्रो काम गरेर।
परिवार सबको एउटै हुन्छ मूल्य र निशान,
पढ्नु न लेख्नु न खुसि जीवन बिचरा किसान।
भन्दछन् सबलाई हेर्दछ इश्वर एकदुईदिन ढिला हो,
अस्ट नि बिते एकै चिहानभो कर्मको लिला भो।
ज्ञानको भारी बोकेर हिड्छ पिडा छ अरुको,
गर्दैमा बित्छ चाकडी चेस्टा धनी साहुहरुको।
देखिन्छ हेर्दा खुसीको माहोल सन्तुष्ट जहान,
देशकै निम्ति त्याग गर्छु भन्ने सोंच कस्तो महान।
साहुकै घरछ, रातदिन काम गर्छ, हात मुख जोर्नलाई,
निष्ठुरी बनि उभिञ्छ इश्वर उसकै मन चोर्नलाई।
अरुकै काम गरि साँझबिहान छाक टार्न गाह्रो छ,
तै पनि जहान पाल्ने कर्तव्य उसमाथि साह्रो छ।
कर्तव्य बोधले निहुरिन्छ शिर अमिलो हुन्छ मन,
सम्पन्न सुखी कुन दिन होला किसानको त्यो जीवन।
कक्षाः ११
ट्रिनिटी कलेज, कालिकास्थान, काठमाडौँ, नेपाल।