
लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगङ्गाका समाजसेवी युवा बिमल घिमिरेले विद्यालयमा सेनेटरी प्याड र प्याड राख्ने बाकस प्रदान गरेका छन । छात्राहरुको समस्यालाई मध्यनजर गर्दै पिपरा स्थित जनता नमुना माध्यमिक विद्यालयमा २ वटा बाकस प्रदान गरेको उनले बताए । बाकस सहित करिब १५० पिस प्याड समेत प्रदान गरिएको छ । यसले रजश्वलाको समयमा विद्यालयमा जाने छात्राहरुको लागी महत्वपूर्ण सहयोग गर्ने घिमिरेले बताए ।
यता कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रमेश पन्थिले सानो उमेरमा गरेको यस्तो रचनात्मक कर्यको प्रशंसा गर्दै यस्ता कामको सबैले अनुकरण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षक, विद्यार्थी, स्थानीय युवाहरु युनिक भुषाल, कपिल घिमिरे, दिपक कार्की, प्रदिप कार्की लगायतको उपस्थिती रहेको थियो ।

