प्रेमिका नै बलात्कारको शिकार, बाणगंगाका होटलहरुमा यौनधन्दा बढ्दै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, जीतपुर
कपिलवस्तु जिल्लाको मुख्य बजार मध्ये बाणगंगा नगरभित्रका आधा दर्जनबढी होटलहरुमा यौन भन्दा मौलाएको छ ।
जिल्लाको विकसित हुदै गएको प्रमुख ब्यापारिक केन्द्रमा पर्ने यस्ता होटलहरु खाँसै चहलपहल देखिदैन तर वर्षौदेखि यस्तै धन्दा गरेर टिकेको नजिकका छिमेकी तथा गा्रहक बनेर पुगेकाहरु बताउछन् । बजारको कुनै एक होटलमा एक पत्रकार पुगेका थिए । त्यहाँ उनका चिनजानका साथीहरु यौन पिपासु बनेर युवती खोज्न पुग्छन् । त्यसतर्फ पत्रकारको ध्यान मोडिन्छ ।
त्यँहा जाँदा होटेल साहुजी र अन्य ग्राहक गोप्यमा यौनका कुरा गरिरहेको पत्रकारले सुन्छन । कोही बार्गेनिङ्गमै ब्यस्त हुन्छन । कोही भने युगल जोडी ओहोर दोहोर गरिरहेका हुन्छन । यिनै हर्कतले निश्चित हुन्छ कि यहाँ यौनधन्दा खुलेयाम हुने रहेछ ।
पत्रकारका संगै पुगेकाहरु युवा मध्ये कुनै एकजना युवाले ग्राहक बनेर होटल साहुलाई सोध्छन, कसरी हो? कस्ता छन् कति हो साहुजी ? होटल सहुजीले १७ नं कोठामा गएर हेर्नुस भन्छन् । त्यहाँ पुग्दा २ युवतीहरु हुन्छन् । उनीहरुसंग मोल मोलाई हुन्छ । पैसाकै निम्ति होटलमा अरुको बिस्तारा बनेकी ती महिलाले भन्छिन १५ सय रूपैया मात्र । स्थानियको गुनासो आईरहेको बेला पत्रकारले ति युवाहरुलाई घट्ना वाहिर ल्याउन सधाउन अनुरोध गरे तर युवाहरु तयार भएनन् । पत्रकारले यो अवस्थाबारे २ दिन अधि मात्र लुम्बिनी दर्पणमा बताएका थिए । दर्पणले यसलाई रंगेहात स्टिङ्घ अपरेसन गर्न टोलीहरुलाई तयार गर्ने तयारीमै जुटेको बेला एउटा घट्ना बाहिरिएको छ ।

युवाहरुसंग के भएको थियो ?
कुरा गर्दै जाँदा ती महिलाले सबै पोल खोल्छिन । एकपटक यौन सम्पर्क गराए बाफत वास्तविक आफुले १ हजार पाउने र ५ सय रुपैया होटलले लाने गरेको नाम नबताउने सर्तमा ती महिलाले भनिन । आफ्नो यौन ईच्छालाई मेटाउन भिआईपी देखि प्रहरी सम्म आउने गरेको ती महिलाले खुलासा गरिन ।उमेर अनुसारको यहाँ फरक फरक रेट कायम रहेको यौनधन्दामा संलग्न ती महिलाले बताईन ।

यिनै यावत कारणले पनि पछिल्लो समय बाणगंगा नगर क्षेत्रका कतिपय होटलहरुमा यौन धन्दाको अखडा बन्दै गईरहेको पुष्टि भएको छ । बाणगंगा अन्तरगतका ४ नं जीतपुर आसपास, गजेहडा, बोडगाँउ बनगाई, ओदारी लगाएतका केही होटल हरुमा खुलेयाम यौन धन्दा हुने गरेको पाइएको हो । यसरी खुलेयाम यौन धन्दा हुँदै जाँदा समाजको सभ्यता माथी प्रश्न उठ्ने गरेको छ ।

बाणगंगाका होटलहरुमा खुलेयाम यौन धन्दा बढ्दै जाँदा स्थानियहरु चिन्तित समेत बनेका छन । ब्यापारका नाममा खुलेयाम धन्दा हुँदापनि स्थानीय सरकार,प्रहरी प्रशासन,होटल ब्यबसायी संघ लगायतका निकायहरु मुख दर्शक बनेको स्थानीय कृष्ण शर्माले बताए । ‘यहाँ खुलेआम यौन धन्दा हुन्छ, तर कुनै निकायले अनुगमनमा ध्यान दिएन कृष्णले भने-कतै कमिसनको खेल त होईन?’

यसरी होटलमा अनैतिक धन्दा हुँदा परिवार सहित गएर खाना खान समेत वातावरण नरहेको अर्का स्थानिय रमेश पौडेलले गुनासो गरे । समाजको सभ्यतालाई ख्याल नै नगरी पैसाकै निम्ति ब्यापारीले यौनधन्दा चलाएर समाजको चरित्र हत्या गरिरहेको पौडेलले आरोप लगाए । दिन दहाडै होटलमा खुलेयाम यौन धन्दा हुँदापनि नियमन गर्ने निकायहरु मुख दर्शक बन्नुले निकायकै मिलोमतो होकि भन्ने सङ्का उत्पन्न हुन थालेको छ ।
यसैको उपज बाणगंगामा एउटा घट्ना घटेको छ ।

के थियो घट्ना ?

बाणगङ्गा नगरपालिका चार नम्बरमा बुटवलकी नाबालिगमाथि सामूहिक बलात्कार भएको छ । बुटवलकी १४ बर्षिया नाबालिगमाथि बाणगंगाका तिन जना युवाहरुले सामूहिक बलात्कार गरेका भन्दै प्रहरीमा जाहेरी समेत परेको छ ।
बलात्कार गर्ने युवाहरू १ जना नाबालक १७ वर्षको एक जना १८ वर्षको र २३ वर्षको रहेको प्रहरीले जनाएको छ । उनीहरु वाणगङ्गा नगरपालिका वडा नम्बर ९ का पडेरियाका रहेका खुलेको छ ।
घटना साउन ५ गते रातिको हो । युवाहरूले नाबालिगलाई जाँड खुवाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । बाहिर खाजा खाने निहुँमा छ्याङ भन्दै जाँड खुवाए पछि युवाहरूले होटलमा लगेको बुझिएको छ ।
चार नम्बर चोककै एक होटलमा युवाहरूले उनलाई लगेका हुन । पहिला दुई जना युवाहरू मात्रै संलग्न रहेका थिए र बलात्कार पछि नाबालिग बेहोस भए पछि उनीहरूले नाबालिगलाई होटलमै छोडेर घर गएका थिए । होटल वालाले त्यो केटी एक्लै छ भन्ने थाहा पाएपछि पटक पटक फोन गरेर ति युवाहरूलाई बोलाएको बताईएको छ ।
नाबालिगको सम्पर्कमा रहिरहने केटा साथी घरमा फोन अफ गरेर सुते पछि उसको साथीलाई होटल वालाले होटलमा बोलाएको बताइएको छ ।
होटलमा त्यो साथीले अर्को कुनै साथी लिएर आएको र बलात्कार पछि एक जना फेरी घर फर्केको स्रोतले बताएको छ । नाबालिग सँग रातभर बिताएको युवक बोए फ्रेण्डका साथी थिए । त्यो कुरा पीडित नाबालिगलाई अर्को दिन ६ गते बिहान विस्तारमा उठ्दा मात्र थाहा भयो ।
त्यसपछि नाबालिग बुटवल फर्किइन फर्किनासाथ उनले परिवारमा कुरा गरेपछि बुटबल प्रहरी कार्यलयमा जाहेरी दिन गएको र बुटवल प्रहरीले घटना बाणगंगाको भएकाले जाहेरीका लागि इलाका प्रहरी कार्यालय पिपरामा पठाएको बताईएको छ ।
बलात्कार भएको भोलिपल्ट युवतीले इलाका प्रहरी कार्यालय पिपरामा जाहेरी दिएपछि यो तथ्य बाहिर आएको हो । नाबालिगको जाहेरीको आधारमा अहिले बलात्कार गर्ने युवकहरू पक्राउ परिसकेका छन् । एक जनालाई श्रावण ७ गते र अरु २ जनालाई ८ गते पक्राउ गरि म्याद थप गरी राखिएको प्रहरी जानकारी गराएको छ ।

यौन धन्दाबारे के भन्छ प्रहरी ?
बाणगंगामा यौन धन्दा मौलाएको र यसको रोकथाममा प्रहरी किन गम्भिर भएन भन्ने प्रश्नमा इलाका प्रहरी कार्यालय पिपराका वरिष्ठ सई कृष्ण खनालले आफुहरुकहाँ यो गुनासो नआएको र जाहेरी आएमा प्रहरी लागिपर्ने बताए । प्रहरी निरिक्षक गोपाल रायमाझी विदामा भएका वखत जिम्मेवारी संम्हालेका उनले यस्ता विकृतिका विषयमा प्रहरीले वेला वेलामा छड्के चेकिङ्घ गर्ने विषयमा भने अझै अन्यौल छन् ।

होटल व्यवसायीको यस्तो छ प्रतिक्रिया
नगरको एक होटलमा घट्ेको घट्ना र यौन धन्दा मौलाएको प्रति होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष रविन्द्र पौडेलले यो घट्नाले गम्भिर भएको बताए । उनले संस्थाले साधारण सभा तथा होटल व्यावसायीहरुको अन्र्तक्रियामा समेत कानुनी प्रकृया बाहेकका गैर कानुनी तरवले समाजमा अपाच्य हुने गतिविधि नगर्न सचेत गराउदै आएका थिए । यस अगाडी पनी कतिपय होटलहरुमा यस्ता गुनासाहरु आउदा तत्काल ध्यानाकर्षण गराई सचेत गराएको उनको भनाई छ । तर गलत गर्ने उपर संस्थाले कुनै बचाउमा नलाग्ने र सत्य तथ्य भएमा यथार्थ बुझेर कानुनी दायरामा ल्याउनुपर्ने पौडेल बताउछन् ।


प्रकाशित : २०८१ श्रावण ११, शुक्रबार १६:४६